काठमाडौं । बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरे नियुक्त भएका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आयोगको रिक्त सदस्यमा काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर निवासी घिमिरेलाई नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले नवनियुक्त सदस्य घिमिरेलाई शपथ ग्रहण गराए ।
शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख देवकोटा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा मगरलगायतको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)






