पोखरामा स्कुल बस दुर्घटनामा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

पोखरा । पोखरा–२८, कालिका, सेरामा शुक्रबार बिहान स्कुल बस दुर्घटनामा ४ जना विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते छन् ।

माझठानादेखि कालिका बोर्डिङ, पोखरा २८ का विद्यार्थी बोकेर आउँदै गरेको बस बिहान साढे ६ बजे दुर्घटना भएको थियो । बसमा १९ जना सवार थिए । घाइते उनीहरुको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेज पठाइएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकामध्ये विद्यार्थीहरु १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, १५ वर्षीया सुवेच्छा तिवारी र १५ वर्षीया एक बालिकाको भने पहिचान खुल्न बाँकी छ । ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । पोखरा–२८ का बाबुरामले उपचार गर्न भर्न लिफ्ट मागेर बस चढेका थिए ।

घाइतेमध्ये १६ वर्षीया अस्मी कँडेलको भने आइसियुमा राखेर उपचार भइरहेको छ । अन्य घाइतेमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्नेहा तिवारी, १५ वर्षीया स्मृति खत्री, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १६ वर्षीय यमन मगर छन् ।

बस चालक पोखरा १५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङ तथा उद्धारमा खटिएका प्रहरी जवान ३१ वर्षीय अर्जुन शाही पनि घाइते छन् । उता, गण्डकी मेडिकल कलेजमा उपचाररत् घाइतेमा १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय सिसन थापा मगर र १६ वर्षीय सौगात तिमिल्सिना छन् ।

उद्धारमा खटिएका स्थानीय विश्वराज त्रिपाठीका अनुसार कक्षा ८, ९ र १० पढ्ने विद्यार्थी विद्यालयमा ट्युसन पढ्नका लागि बिहान गाडी चढेर आउँदै थिए । बस भीरबाट करिब २ सय मिटर तल खसेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत