गोदाममा ग्यास भए पनि दिदैंनन् व्यापारी

भक्तपुर । मध्यपूर्वमा चलिरहेको युद्धको असर यतिबेला नेपालमा समेत देखिन थालेको छ । पेट्रोलिय पर्दाथको चुलिदों संकटले नेपालीको भान्सादेखि कार्यालयसम्म असर हुन थालेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले सोमबार नगरभित्र रहेको केही खाना पकाउने ग्यास डिपो र ग्यास बिक्रेता पसलहरुको अनुगमन गरेको थियो । वडा नं. ५ र ६ का गरिएको अनुगमनको क्रममा गोदाममा भरिएको ग्यास भएपनि उपभोक्तालाई भने छैन् भन्दै फर्काउने गरेको जानकारी नगरपालिकालाई केही उपभोक्ताले दिएका छन् ।

शुक्रबारबाट नेपाल आयल निगमले आधा सिलिण्डर भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन समेत दिएको छ । तर, सोमबार सूर्यविनायक नगरपालिका वडा नं. ६ स्थित इलाभेन होलसेल तथा रिटेल पसलमा सगर ब्राण्डका ३२ वटा पूर्ण भरिएका सिलिण्डर भेटिएको थियो । त्यसपछि नगरपालिकाको अनुगमन टोलीले त्यस’boutमा सोध्न खोज्दा पसल संचालक बलराम सुवेदीले तीन महिना अगाडीदेखी नाम लेखेका ग्राहक लिन नआएको दाबि गरे । अनुगमन टोलीले उक्त ग्यास पहिला आउने उपभोक्तालाई प्राथमिकताको आधारमा वितरण गर्न र भण्डार गरेर नराख्न निर्देशन सहितको सुझाव दिएको छ ।

सोही क्रममा भेटिएकी एक गृहणीले भने उक्त पसलले विगत लामो समयदेखि ग्यास छैन भन्दै बाहिर राखेको खाली सिलिण्डर देखाएर फर्काउने गरेको आरोप लगाइन् । उनले अनुगमनमै रहेका जिल्ला प्रशासन कार्यालयका अधिकृतसंग प्रमुख जिल्ला अधिकारीको मोवाइन नम्बर लिदैं भनिने “म एकछिनमा ग्यास लिन आउँछु दिएन भने फोन गर्छु ।”

सल्लाघारस्थित भी मार्टलेपनि खाली सिलिण्डर बाहिर राखेर गोदामभित्र छुट्टै नो वटा ग्यास लुकाएर राखिएको फेला परेको थियो । अधिकांश ग्यास बिक्रेताहरुले गोदाममा लुकाएर राखिएको अवस्था ५देखि ३२ वटासम्म सिलिण्डर भेटिएको नगरपालिकाका बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक एवम् उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले जानकारी दिइन् । उपप्रमुख भट्टराइले उर्जा संकटलाई कम गर्न विद्युतीय चुलोको प्रयोग गर्न समेत आम नगरबासीलाई आग्रह गरेकी छिन् ।

नगरपालिकाको अनुगमन टोलीले भी मार्ट, गोसाई स्टोर, यूनिक स्टार स्टोर, समवृद्धि किराना, आर एल स्टोरलगायतमा ग्यास भए नभएको अनुगमन गरेको थियो ।

रासन किन्नेलाई मात्र ग्यास
भक्तपुरमा रहेका धैरै ग्यास बिक्रेताले भने रासन किन्नेलाई मात्र ग्यास दिने गरेको उपभोक्ता संरक्षण मञ्च भक्तपुरका अध्यक्ष मनोज केसीको भनाई छ । पुरानो सिलिण्डर साटेर दिनु भन्दापनि ४ हजार ५ सय रुपैंया लिएर नयाँ सिलिण्डर बेच्ने दाउमा पसलेहरु लागेको अध्यक्ष केसीको आरोप छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालले काहीँ कतै ग्यास भएरपनि व्यापारीले नदिएमा नजिकैको प्रहरी वा सिडिओ अफिसमा खबर गर्न आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी ढकालले भने “यस्तो परिस्थितीमा भएर पनि नदिनेलाई कालोबजारी नियन्त्रण ऐन अन्तर्गत कारवाही हुन्छ ।”

नेपाल आयाल निगमको एक तथ्यांकअनुसार नेपालमा मासिक ४५ देखि ५० हजार मेट्रिक खाना पकाउने ग्यासको खपत हुदैं आएकोछ ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

epaper

ताजा समाचार

एशियन युथ चेसमा सहभागी हुन नेपाली टोली चिन प्रस्थान