धनगढीले राख्यो ८१९ सामुदायिक चौपायालाई गौशालामा

धनगढी । कैलालीको धनगढीमा सार्वजनिकरूपमा छोडिएका ८१९ वटा सामुदायिक चौपायालाई गौशालामा राखिएको छ । धनगढी उपमहानगरपालिकाले सार्वजनिक रूपमा छोडिएका ती चौपायालाई एकीकृत गरेर गौशालामा राखेको हो ।

उपमहानगरले नगरको बजार क्षेत्रमा छोडिएका ती सामुदायिक चौपायाहरूलाई विभिन्न समयमा नगर प्रहरीको सहयोग र सहजीकरणमा गौशालामा राखेको जनाएको छ । उपमहानगरका अनुसार नगर क्षेत्रबाट २०७९ साउन ५ गते ८६ वटा चौपाया गौशालामा राखिएकोमा अहिलेसम्म २५ पटक गरी ८२९ वटा सामुदायिक चौपायालाई लगेर गौशालामा राखिएको हो ।

उपमहानगरले २०७९ मा १४ पटकसम्म सार्वजनिक ठाउँमा छोडिएका चौपाया एकीकृत गरेर गौशालामा राखेको जनाएको छ । त्यसैगरी, २०८० मा चार पटक, २०८१ मा तीन पटक बजार क्षेत्रमा छोडिएका चौपाया लगेर गौशालामा राखिएको छ भने २०८२ मा सार्वजनिक रूपमा छोडिएका चौपायालाई पाँच पटक एकीकृत गरेर गौशालामा लगेर राखिएको जनाएको छ ।

धनगढी नगर प्रहरीको सहयोगमा सडक तथा सार्वजनिक ठाउँमा छोडिएका चौपायालाई गौशालामा राखी स्याहार सुसार गरिँदै आएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

एमालेद्वारा सचिवालय बैठक आह्वान