सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेको छ आज कारोबार ?


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदी दुवैको भाउ घटेको छ । हिजो आइतबार प्रतितोला पाँच हजार रूपैयाँ बढेको सुनको भाउ आज दुई हजार पाँच सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज सोमबार चाँदी प्रतितोला चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

ओलीविरुद्ध उपाध्यक्ष पौडेल संस्थागत रुपमै सक्रिय