काठमाडौं । यही चैत २२ गते प्रतिनिधि सभाका सभामुखको चयन हुने भएको छ। आज बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो।
यसका लागि चैत २० गते सभामुखको उम्मेदवारी मनोनयन हुनेछ। यही चैत १९ गते सरकारले प्रतिनिधि सभाको पहिलो बैठक बोलाएको छ। पहिलो बैठकमा समामुख र उपसभामुख निर्वाचनको कार्यसूची पेस हुनेछ।
संसद बैठकअघि आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बसेको हो। १९ गते संसदको पहिलो बैठकमा सभामुख निर्वाचनका लागि प्रस्ताव पेस गर्ने, २० गते मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
झण्डै दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालको सभामुखमा चर्चा छ।
तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)
सम्बन्धित समाचार
सत्र वर्षपछि सिंहदरबारमा बस्दै संसद् अधिवेशन
भदौ २४ देखि २७ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने सभापति थापाको प्रस्ताव
संविधान संशोधनको लागि कांग्रेसले बनायो समिति
सर्तसहित प्रदेश र स्थानीय तहको अनुदान प्रस्ताव
यस्ता छन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)
पूर्वगृहमन्त्री लेखकलाई छाड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न कार्यदल गठन
एमालेद्वारा थप आन्दोलन घोषणा






