काठमाडौं । पाँचपटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौ ंबाट देउवा दम्पत्तिलाई पक्राउ गर्न अनुमति लिएको जनाएको छ ।
अदालतको अनुमतिसँगै अब देउवा दम्पत्तिलाई पक्राउ गर्न बाटो खुलेको छ । उनीहरूविरुद्ध विभागले जेनजी आन्दोलनपछि सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान जारी राखेकोमा गत १३ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले हाई प्रोफाइल नेताविरुद्ध पनि अनुसन्धान अघि बढाउने निर्णय गरेलगत्तै पक्राउ पुर्जी जारी भएको हो ।
पक्राउ पुर्जी जारी भएका देउवा दम्पत्ति भने हाल सिंगापुर हुँदै हङकङ पुगेको बताइएको छ । गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले टिकट नदिएपछि देउवा १४ फागुनमा उपचार गर्ने भन्दै सिंगापुर गएका छन् । उनी सिंगापुर जानुअघि नै आरजु भारत गएकी थिइन् । आरजु भारतबाटै सिंगापुर पुगेकी थिइन् । त्यहाँ लामो समय बसेर उनीहरू हङकङ गएका हुन् ।
विभागले अनुसन्धानका लागि पक्राउ गर्न अनुमति पाएकाले अब उनीहरू नेपाल आए त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेर विभागमा हाजिर गराउने प्रहरीको तयारी छ । अनुसन्धान गरिरहेको प्रहरीले देउवा सिंगापुर छन् कि हङकङ भनेर खुलाएको छैन । प्रहरी उच्च अधिकारीका अनुसार पक्राउ पुर्जीवाहक व्यक्ति कुन देशमा छन् भनेर यकिन हुन नसके इन्टरपोलमा डिफ्युजन नोटिस जारी गर्ने गरिन्छ ।
देउवा पाँचपटक प्रधानमन्त्री हुने तेस्रो नेता
भीमसेन थापा प्रधानमन्त्री भएयता नेपालमा ६६ पटक प्रधानमन्त्री फेरिएका छन् । जसमध्ये पाँचपटकसम्म प्रधानमन्त्री हुने भाग्यमानी नेतामा पर्छन् कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा । देउवा जति नै अर्थात् पाँच पटक प्रधानमन्त्री हुनेमा सूर्यबहादुर थापा र गिरिजाप्रसाद कोइराला पर्छन् । देउवा पहिलोपटक २०५२ सालमा प्रधानमन्त्री भएका हुन् ।
उनी पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा माओवादीले सशस्त्र विद्रोह सुरु गरेको थियो भने उनी प्रधानमन्त्री बन्ने पालो आउनु १० महिना बाँकी रहँदा नेपालमा जेनजी आन्दोलन भएर सत्तापटल भयो । सत्ता पलट हुँदा देउवा पत्नी आरजु राणा देउवा भने परराष्ट्रमन्त्री थिइन् । २०५२ पछि देउवा २०५८, २०६१, २०७४ र २०७८ सालमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री भएका बेला १८ असोज २०५९ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले बर्खास्त गरेका थिए ।
उनी तेस्रोपटक २०६१ सालमा प्रधानमन्त्री बनेका थिए । राजाको प्रतिगमन आधा सच्चिएको भन्दै उनले एमाले र प्रजातान्त्रिक कांग्रेसको संयुक्त सरकारको नेतृत्व गरेका थिए । त्यसबेला पनि राजा ज्ञानेन्द्रले उनलाई असक्षम भएको आरोप लगाएर दोस्रोपटक बर्खास्त गरी १० महिना नजरबन्दमा राखेका थिए । १९ माघ २०६१ को ‘शाही कू’ पछि उनी नजरबन्दमा परेका थिए । १९ वर्षको उमेरमा २०२२ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा आबद्ध भएका देउवाले १० वर्ष १० महिना जेल जीवन बिताएका छन् ।
आफैं नआए ‘डिफ्युजन नोटिस’ जारी गरिने
पक्राउ पुर्जी जारी भएपछि देउवा दम्पत्ति सहजरुपमा नेपाल नआएको खण्डमा भने उनीहरूविरुद्ध डिफ्युजन नोटिस जारी हुनेछ । कसैविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ र यस्ता व्यक्ति लुकेको ठाउँ थाहा पाउन डिफ््युजन नोटिस जारी गरिन्छ । देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी भइसकेकाले प्रहरीले यसलाई अदालती कारबाही सुरु भएको रूपमा अर्थ लगाउँदै सहज नेपाल नआए यो प्रक्रियामा जाने बताएको हो ।
डिफ्युजनबाट आरोपी भेटिए या पत्ता लागेपछि बल्ल रेडकर्नर नोटिस जारी गरेर सम्बन्धित व्यक्तिलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिन्छ । यी सबै काम इन्टरपोलमार्फत् गरिन्छ । इन्टरपोलबाट रेड, ब्लु, ग्रिन, ओरेन्ज, ब्ल्याक, यल्लो र पर्पल नोटिस जारी गरिन्छ । रेड नोटिस दुई वर्षभन्दा धेरै कैद सजाय हुने अपराधमा संलग्न आरोपीका लागि जारी गरिन्छ ।
अपराधीको ’boutमा थप जानकारी पाउन ‘ब्लु नो टिस’ जारी गरिन्छ । शंका लागेका व्यक्तिले अपराधका घटना गराउन सक्ने’bout जानकारी गराउन ग्रिन नोटिस जारी गरिन्छ । जैविक र रासायनिक हतियारबाट हुने सम्भावित अवस्था रोक्ने चेतावनी दिन ओरेन्ज नोटिस जारी गरिन्छ ।
पहिचान खुल्न नसकेका शवको पहिचान खुलाउन ब्ल्याक नोटिस जारी गरिन्छ । हराएका मानिसको खोजीका लागि यल्लो नोटिस र अपराधीको अपराध कार्यविधि’bout जानकारी दिन पर्पल नोटिस जारी गरिन्छ ।
भ्रामक र झुटा प्रचारः देउवा
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भ्रामक र झुटा प्रचार भएको गुनासो गरेका छन् । ‘उपचारक्रममा विदेशमा रहेको र केही समय अझै विदेशमै रहने’ भन्दै उनले सम्पत्ति शुद्धीकरण अभियोगमा आफूमाथि सुरु अनुसन्धान भ्रामक र प्रचारबाजीमात्र भएको बताएका छन् । ‘म र मेरो परिवार’bout सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवार’bout सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन् ।
देउवाले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको भन्दै आफ्ना पलामा नेपालमा सुशासनको थालनी गरेको दाबी गरे का छन् । ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ,’ देउवाले भनेका छन्, ‘देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शितासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ । मेरो जीवन एउटा खुल्ला पुस्तकका रूपमा रहेको छ ।’







