अब त्रिभुवन विमानस्थलमा बिदाइ गर्न जाँदा एक यात्रुबराबर तीन जना मात्रै जान पाइने

काठमाडौं । नेपाल नागरिक उड्डयन, त्रिभुवन विमानस्थल कार्यालयले सूचना जारी गर्दै एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन भनेको छ ।

एक जना यात्रुको बिदाइमा १० जनासम्म विमानस्थल पुग्दा विमानस्थल हाताभित्र अत्यधिक भिडभाड हुने गरेको भन्दै सो कार्यालयले कम आफन्त आएर सहयोग गर्न अनुरोध गरेको हो ।

विमानस्थल प्रशासनले पटक पटक सूचना निकाल्दै यस्तो अनुरोध गर्दै आएको भएपनि त्यसको प्रभाव भने देखिएको छैन ।

अनावश्यक भीडले सुरक्षा चुनौती थपिने र स्वदेशी तथा विेदेशी हवाइ यात्रुको आवागमनमा असुविधा भएको समेत विमानस्थल व्यवस्थापनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती