पालिकामा बजेट बढाउन तुरहाको माग

रौतहट । आम जनता पार्टी (आजपा) को रौतहट जिल्ला अध्यक्ष नरेश तुरहाले स्थानीय तहमा बजेट बढाउनुपर्ने बताएका छन् । रौतहटको देवाहीगोनाहीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तुरहाले स्थानीय तह बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

यदि वडा सदस्य हटाउने हो भने वडा अध्यक्षमा आरक्षणको व्यवस्था हुनुपर्ने उनले बताए । महिला, दलितहरुलाई वडा अध्यक्षमा आरक्षणको व्यवस्था गरेर वडा सदस्य हटाउन सकिने अध्यक्ष तुरहाले बताए ।

‘स्थानीय तहमा बजेट बढाउनुपर्छ । अहिलेको बजेटले स्थानीय तहको आवश्यकता पुराहुदैन । वडा सदस्य हटाउने तर वडा अध्यक्षमा महिला, दलितको आरक्षणको व्यवस्था गर्नुपर्ने हुन्छ,’ तुरहाले भने ।

संविधान संशोधन गरेर स्थानीय तहमा पालिकाको निर्वाचन दलबिहिन गर्नुपर्ने र पालिकालाई प्रदेश मातहतमा राख्न आवश्यक रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ