पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीमा देखिएको पत्थरीको थालियो शल्यक्रिया

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गर्न थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया हुन लागेको अस्पतालका निर्देशक डा. सुवास आचार्यले जानकारी दिए ।

‘उहाँलाई शल्यक्रियाका लागि अप्रेसन थिएटरमा लगिएको छ’, आचार्यले भने,‘शल्यक्रिया सकिएपछि अस्पतालले स्टेटमेन्ट सार्वजनिक गर्छ ।’

अस्पताल स्रोतका अनुसार डा।पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले पित्तथैलीमा रहेको ओलीको २२ एमएमको ढुंगा निकाल्नेछ । जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ओलीलाई प्रहरीले चैत १३ गते भक्तपुर, गुण्डुस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । स्वास्थ्यमा समस्या आएका कारण उनी सोही दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ