विभिन्न जिल्लाका सिडिओ सहित ४४ को सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ ) सहित ४४ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

गृह मन्त्रालयले सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई पाल्पाको प्रमुख जिल्ला अधिकारीमा, पाल्पाका यादव सुवेदीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ भने गृह मन्त्रालयका हिरालाल रेग्मीलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।

यसैगरि महोत्तरीका प्रजिअ सुर्यबहादुर खत्रीलाई इलाका प्रशासन कार्यालय चनौटामा, काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वाललाई जिल्ला प्रशासन कार्यालय महोत्तरीको प्रजिअमा, इलाका प्रशासन कार्यालय फर्पिङका चन्द्रप्रसाद गैरेलाई कालीकोटको प्रजिमा सरुवा गरेको छ ।

कालीकोटका कृष्णचन्द्र पौडेललाई इलाका प्रशासन कार्यालय लेखनाथ कास्कीमा, डोटीका प्रजिअ टेकनारायण पौडेललाई अध्यागमन विभागमा, बर्दियाका प्रजिअ प्रेम लामिछानेलाई गृहमन्त्रालयमा, दाचुर््लाका यदुनाथ पौडेललाई धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीमा, धनुषाका सहायक प्रजिअ शरदकुमार पोखरेललाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा , ओखलढुंगाका प्रजिख गणेश आचार्यलाई डिल्लीबजार कारागारमा, काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी जीवन अचार्यलाई संखुवासभाको प्रमुख जिल्ला अधिकारीका सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कसको कहाँ सरुवा र पदस्थापन भयो यस्तो छ सूची :

तपाइको प्रतिक्रिया
(Visited 589 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलमा आज दुईवटा खेल