चिकित्सा शिक्षा आयोगको वेबसाइटमा अनियमिताको आशंका, छानबिनको माग

काठमाडौं । चिकित्सा शिक्षा आयोगको आधिकारिक वेबसाइटमा सूचनासम्बन्धी अनियमित गतिविधि भएको आशंका गरिएको छ। आयोगले सार्वजनिक गर्नुपर्ने निर्णयहरू समयमै वेबसाइटमार्फत प्रकाशन नगरी ढिलाइ गरिएको र पछि एकैचोटी अपलोड गरिएको तथ्य भेटिएको हो ।

प्राप्त विवरणअनुसार, आयोगको सूचना प्रणालीमा पहिले देखिएको सूचना मितिहरू २०८२ माघ २० र २३ मात्र रहेकोमा पछि २१ माघ २०८२ को सूचना बीचमा थपिएको देखिएको छ। सो मिति इस्वी संवत् अनुसार ४ फेब्रुअरी २०२६ पर्छ । तर, उक्त फाइलको विस्तृत विवरण हेर्दा वास्तविक अपलोड मिति भने २० मार्च २०२६ रहेको पाइएको छ।

यसले वेबसाइटमा पछिल्लो मितिमा पुरानो मिति राखेर सूचना अद्यावधिक गरिएको हुनसक्ने आशंका पैदा गरेको छ। यस्ता गतिविधिले सार्वजनिक निकायको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाउने सरोकारवालाहरूको भनाई छ ।

यस्तै, विगतमा पनि आयोगको सूचना प्रणाली दुरुपयोग भएको आशंका गर्न सकिन्छ । यसले बिगतमा परीक्षा सञ्चालन, नतिजा प्रकाशन, फारम भर्ने प्रक्रिया, काउन्सेलिङ र भर्ना प्रक्रियामा अनियमितता भएको हुनसक्ने आशंका गर्न कठिन पर्दैन। सार्बजनिक निकायका लागि यो गम्भीर विषय हो । हजारौं विद्यार्थीको भविष्य जोडिएको विषयमा आयोगको यस्तो शंकास्पद गतिविधिले विभिन्न शंकाहरु पैदा भएको छ ।

प्रवृत्ति हेर्दा यस्तो कार्य एक वा दुई व्यक्तिबाट मात्र सम्भव नभई संगठित रूपमा भएको हुनसक्ने आशंका गरिएको छ। त्यसैले आयोगका पदाधिकारीहरूको समग्र छानबिन आवश्यक रहेको माग गरिएको छ।

यस सन्दर्भमा आयोगका उपाध्यक्ष प्रा। डा। अञ्जनी झा, वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन समितिका पदाधिकारी प्रा. डा. सुदिप आचार्य, उपसचिव रुद्र रेग्मीलगायत अन्य सम्बन्धित अधिकारीहरूको भूमिका’bout पनि अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

साथै, परीक्षा शाखा तथा सूचना प्रविधि शाखासमेतलाई अनुसन्धानको दायरामा ल्याई प्रचलित कानुनअनुसार छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । हजारौं विद्यार्थीको भबिस्य जोडिएको बिषयमा आयोगको यस्ता खाले गतिबिधिले गम्भीर खेलवाड भएको छ । यो गम्भीर लापरवाहीको विषयमा गरिएको उजुरीलाई लिएर सम्बन्धित निकायले समेत गम्भीर ध्यान नदिएको भन्दै विद्यार्थीहरुले गुनासो गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो