हैदराबाद छाडेर दुई वर्ष मुम्बई बस्दै अल्लु अर्जन

मुम्बई । अभिनेता अल्लु अर्जुनले आफ्नो अघिल्लो चलचित्र ‘राका’ को लागि दुई वर्ष समय दिने बताएका छन् । यो चलचित्रको घोषणासँगै उनी चर्चामा छन् ।

यसको पोस्टर हालै रिलिजसहित निर्माण घोषणा गरिएको हो । भारतीय मिडियाका अनुसार उनी चलचित्र ‘राका’ को लागि करिब दुई वर्षका लागि हैदराबादबाट मुम्बई सर्ने भएका छन् । यो चलचित्रको छायांकन सम्पन्न नभएसम्म उनी मुम्बईमै बस्ने छन् । उनले आफ्नो अब बन्न अर्को नयाँ चलचित्रको छायांकन पनि मुम्बईबाटै गर्ने जनाएका छन् । हैदराबादबाट मुम्बईमा आएर चलचित्र ‘राका’मा काम गर्न असहज हुने भएपछि उनले मुम्बईमै बस्ने निर्णय लिएका हुन् ।

फ्री प्रेस जर्नलका अनुसार, अल्लु अर्जुनले दुई देखि तीन वर्ष सम्म मुम्बईमा बस्ने योजना यही कारण सार्वजनिक गरेका हुन् । ताकि उनी आफ्नो अर्को चलचित्रमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न सकून् । यो निर्णयले आफूलाई बारम्बार मुम्बईबाट हैदराबादसम्म नियमित गर्नु पर्ने यात्राको थकानबाट मुक्ती मिल्ने उनको कथन छ । जसका कारण आफू चलचित्रको छायांकनमा पूर्ण रुपमा केन्द्रित हुन पाउने पनि उनले बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार अभिनेता अल्लु अर्जुनले मेकअपमा दैनिक लगभग चार घण्टा समय खर्चनु पर्ने भएको छ । मेकअप यस्तै उनलाई गरिने मेकअप हटाउनको लागि मात्रै थप दुई घण्टा समय दैनिक लाग्ने छ ।

एटलीले यो चलचित्रको निर्देशन गरिरहेका छन् र सन पिक्चर्स द्वारा यसको निर्माण हुँदैछ । यस चलचित्रको रिलिज सन २०२७ को अन्तिम तिर गरिने भएको छ । अघिल्लो चलचित्र ‘पुष्पा’ र ‘पुष्पा २’बाट राम्रो कमाई गरेको यी अभिनेता अब निर्माण हुने चलचित्र ‘राका’बाट ती दुई चलचित्रको भन्दा राम्रो कमाई हुनेमा आशाबादी छन् ।

जसमा अभिनेत्रीहरू दीपिका पादुकोण, जान्हवी कपूर, रश्मिका मन्डाना र मृणाल ठाकुर मुख्य भूमिकामा देखिने छन् । यो चलचित्र यी अभिनेत्रीका कारण पनि चर्चामा छ । अल्लु अर्जुनले २०२७ को सुरुसम्म आफ्नो भागको छायांकन पूरा गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

epaper

ताजा समाचार

सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने