प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो

काठमाडौं । प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ । मंगलबार समितिका सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन् ।

मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने बताए । उनले संविधान, पुराना नजिर र कानुनमा भएका व्यवस्थालाई आत्मसाथ गरेर नियमावली अनुसार सभा सञ्चालन गर्ने बताए ।

मस्यौदा समितिले बुझाएको नियमावलीको मस्यौदामा ३० परिच्छेद २६३ दफा ७ अनुसूची छन् ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारी मिडियामात्रैलाई विज्ञापन दिने निर्णयविरुद्ध महासंघद्वारा प्रधानमन्त्रीलाई पत्र