रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा स्थानिय तह रहेको रौतहट जिल्लाको १७ वटा स्थानिय तहमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएको हो ।

सोमबार सम्मको तथ्याक अनुसार रौतहटमा २ सय ३३ जना कोरोना भाइरस संक्रमित देखिएका छन । सोमबार मात्रै परोहा नगरपालिकामा १४ जना र यमुनामाइ गाउँपालिकामा ४ जना गरी १८ जनामा कोभिड १९ संक्रमित देखिएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिएका छन् ।

यता चन्द्रपुर नगरपालिका बाहेक १५ नगरपालिका र २ गाउँपालिका गरी १७ वटा स्थानिय तहमा भाइसका संक्रमित रहेका छन । सबै भन्दा बढी राजपुर नगरपालिकामा ८३ जना कोरोना भाइरसका संक्रमति रहेका छन् । सो नगरपालिकामा ३ हजार ५ सय भन्दा बढी भारतबाट आएकाहरु क्वारेन्टाइनमा बसेका छन् ।

यस्तै इशनाथ नगरपालिकामा ६९ जनामा संक्रमित रहेका छन् । सो नगरपालिकामा पनि ३ हजार भन्दा बढी भारतबाट आएकाहरु क्वारेन्टीनमा बसेका छन् । यसैगरी गौर नगरपालिकामा १६ जना, देवाही गुनाही नगरपालिकामा १५ जना, गडीमाइ नगरपालिकामा ७ जना राजदेबी नगरपालिकामा ४ जना, मौलापुर नगरपालिकामा ६ जना, कटहरिया नगरपालिकामा २ जना, बौधीमाइ नगरपालिकामा ४ जना, माधब नारायण नगरपालिकामा ३ जना, गरुडा नगरपालिकामा १ जना, परोहा नगरपालिकामा १४ जना, फतुवा बिजयपुर नगरपालिकामा २ जना, वृन्दावन नगरपालिकामा १ जना, गुजरा नगरपालिकामा २ जना (बाहिर जिल्लामा उपचार गराइरहेका), यमुनामाइ गाउपालिकामा ४ जना र दुर्गाभगबती गाउँपालिकामा ८ जनामा संक्रमण देखिएको फोकल पर्सन गुप्ताले जानकारी दिए ।

संक्रमति २ सय ३३ जनामध्ये ३ जना निको भएर घर फर्किसेका छन् भने ५ जना बाहिर उपचार गराइरहेका छन् । संक्रमतिहरुको नर्सिग कलेज आइसुलेसन गौर र राजपुर आइसुलेसनमा उपचार भइरहेको छ भने केही संक्रमतिहरु क्वारेन्टीनमै रहेका छन् । संक्रमति सबैजना भारतबाट आएका हुन् । सोमबारसम्म रौतहटमा ८ हजार ५९ जना क्वारेन्टीनमा छन् भने १ हजार १ सय ८७ जना घर फर्किसेका छन् । २ हजार ६ सय २ जनाको परिक्षणको लागि स्वाब संकलन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारद्वारा रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी, के गर्न पाइन्छ, के पाइदैन ?

कुरी-कुरी