धनगढी । दलित समुदायबाट नेपालमै पहिलोपटक संस्कृत विषयमा आचार्य (स्नातकोत्तर) गरेका कृष्णबहादुर दमाईलाई धनगढी उपमहानगरपालिकाले विशेष जिम्मेवारी दिएको छ । उपमहानगरपालिकाले आचार्य दमाईलाई शिक्षामार्फत छुवाछुत अन्त्य गर्ने अभियानको संयोजकमा नियुक्त गरेर जिम्मेवारी दिएको हो ।
उनी हाल उक्त अभियानमा सक्रिय छन् । गत भदौ ८ गते आयोजित कार्यक्रममा उपमहानगरपालिकाले उनलाई सम्मानसमेत गरेको थियो । धनगढी नगर प्रमुख गोपाल हमालले सम्मानपत्रसहित १ लाख ५१ हजार रुपैयाँ नगद प्रदान गरेका थिए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ निवासी दमाई आर्थिक अभावका कारण संघर्ष गरिरहेका बेला सामाजिक सञ्जालमार्फत उनको अवस्था सार्वजनिक भएको थियो । त्यसपछि नगर प्रमुख हमालले सहयोग तथा रोजगारी दिने घोषणा गरेका थिए ।
नगरसभा हलमा आयोजित स्वागत कार्यक्रममा उपमहानगरका जनप्रतिनिधि र कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए । सोही अवसरमा उनलाई उपमहानगरमा रोजगारी दिने प्रतिबद्धता गरिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका दमाई शिल्पी ९दलित० समुदायबाट उक्त तहको शिक्षा हासिल गर्ने पहिलो व्यक्ति हुन् ।
उपमहानगरपालिकाले उनलाई समाजमा विद्यमान जातीय विभेद र छुवाछुत अन्त्य गर्ने अभियानको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ । सो जिम्मेवारीअनुसार उनले पारिश्रमिकसमेत पाउनेछन् । नगर प्रमुख हमालले दमाईजस्ता व्यक्तिले समाज परिवर्तनमा भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । ‘शिक्षामार्फत छुवाछुत अन्त्य गर्न उहाँको भूमिका महत्वपूर्ण हुनेछ,’ नगर प्रमुख हमालले भने ।
सम्बन्धित समाचार
धनगढीमा ‘बुक फ्रि फ्राइडे’ प्रभावकारी : विद्यार्थी पढाई सँगै सीप सिक्दै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा उत्कृष्ट निर्वाचन प्रहरी तथा विपद् स्वयंसेवक र विपद् सूचकलाई सम्मान
निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित
विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या
शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो
‘उज्यालो धनगढी’को आठौं चरणः नगरका विभिन्न ठाउँमा स्मार्ट सडक बत्ती जडान
धनगढी उपमहानगरद्वारा २५ उत्कृष्ट विद्यालयलाई ब्यान्ड बाजासहित सम्मान






