काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बिहीबार काठमाडौँको नागार्जुन नगरपालिका–८ बस्ने गोल्छालाई नक्सालबाट पक्राउ गरेको थियो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छालाई पक्राउ गरी अनुसन्धान थालिएको गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा सोही ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान भइरहेको छ ।
धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिका २ वटा प्रतिवेदनका आधारमा उद्योगी शेखर गोल्छासहितका ११ व्यवसायी र उद्योग सञ्चालक अनुसन्धानको राडारमा तानिएका थिए ।
शेखर गोल्छा सहितका केही उद्योगीले त हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा भएको आर्थिक अनियमितताबाट जोगिन सञ्चालक समितिबाट राजीनामा नै दिएका थिए ।
हिमालयन रि त्यही कम्पनी हो, जसमा सबैभन्दा बढी सेयर लगानी विवादास्पद व्यवसायी दीपक भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालको छ । हिमालयन रि को अध्यक्षबाट गोल्छाले राजीनामा दिएपछि अहिले अर्का लगानीकर्ता उदयकुमार निरौलालाई अध्यक्ष बनाइएको छ ।
हिमालयन रि मा भएको अनियमितताको छानबिन गर्न धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिले झन्डै पौने ३ अर्ब रकम हिनामिना भएको रिपोर्ट गत साता नै बुझाएको थियो ।
सम्बन्धित समाचार
कलाकार सागर लम्साल हाजिरी जमानीमा रिहा
अस्ट्रेलियाले पहिलोपटक महिलालाई सेना प्रमुख बनाउँदै
सृजना मृत्यु प्रकरणका थप २ जना आरोपी पक्राउ
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
चितवनमा सवारी दुर्घटना घट्दैः चालु वर्षमा ४५८ दुर्घटना
चट्याङ लागेर युवकको मृत्यु
जापानमा शक्तिशाली भूकम्प
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा साम्पाङ






