सुकुम्वासी मोर्चाका महासचिवसहित चारजना पक्राउ

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका महासचिवसहित चारजना पक्राउ परेका छन्। मोर्चाका महासचिव आरएन कुँवरसहित चार जना पक्राउ परेको प्रहरीले जनाएको छ। जसमा संयुक्त सुकुम्बासी जातीय मोर्चाको सल्लाहकार दानबहादुर कामी, दिनेश सुनार पनि छन्।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी हिजै पक्राउ परिसकेका छन्। सुकुम्बासी वस्तीको विद्युत लाइन बिहानैबाट काटिएको छ। थापाथलीस्थित आज भत्काउन लागि सुकुम्वासी बस्तीको विद्युत बिहान ६ बजे नै काटिएको हो।

यो बस्तीमा कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा विद्युत जोडिएको थियो। सरकारले बस्ती भत्काउने भनेपछि सुकुम्वासीहरुले धमाधम सामान सारिरहेका छन्।

त्यस्तै काठमाडौं नदी किनारका बस्तीमा रहेका सुकुम्वासी क्षेत्रमा रहेका नागरिकलाई आफ्ना सामग्री सुरक्षित स्थानतर्फ सार्नका लागि प्रहरीले समय थप गरिदिएको छ।

प्रहरीले माइकिङमार्फत् आधाघण्टा समय थप गरिएको भन्दै छिटो सामग्री सार्न अनुरोध गरेको छ। पाँचवटा डोजर थापाथलीक्षेत्रमा तयारी अवस्थामा राखिएको छ। बस्ती खाली गराउन प्रहरी र नगरप्रहरीले सहयोग गरेको नगर प्रहरीप्रमुख विष्णु जोशीले बताए।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय