काठमाडौं । सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका विशेष क्षमता भएका एक विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गर्ने भएको छ।
रोल्पा नगरपालिका–१० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनलाई निरन्तरता दिन कम्पनीले आवश्यक सहयोग गर्ने निर्णय गरेको हो। आर्थिक रूपमा कमजोर तथा शारीरिक रूपमा अशक्त सन्देश जन्मजात दुवै हात नचल्ने अवस्थाबाट प्रभावित छन्। कठिन परिस्थितिका बाबजुद उनले खुट्टाको सहारामा लेख्दै अध्ययनलाई निरन्तरता दिँदै आएका छन् र हालै कक्षा ५ उत्तीर्ण गरेका छन्।
पत्रकार सुरेश तिमल्सीनाद्वारा प्रकाशित समाचारका आधारमा शिवम् सिमेन्टले उनको शैक्षिक अवस्था’bout जानकारी पाएपछि सहयोगको पहल गरेको जनाएको छ। रोल्पामा अपाङ्गमैत्री विद्यालयको अभाव र पारिवारिक आर्थिक कमजोरीका कारण सन्देशको थप अध्ययन प्रभावित हुने देखिएपछि कम्पनीले विशेष व्यवस्था मिलाएको हो।
यसअन्तर्गत, सन्देशको माध्यमिक तहसम्मको अध्ययनका लागि काठमाडौंस्थित जोरपाटीको खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरिएको छ। साथै, उनको आवास, हेरचाह तथा समग्र व्यवस्थापनका लागि अपाङ्ग नवजीवन केन्द्रसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ।
सम्झौताअनुसार सन्देशको अध्ययनसँग सम्बन्धित सम्पूर्ण खर्च शिवम् सिमेन्टले अर्धवार्षिक रूपमा अपाङ्ग नवजीवन केन्द्रमार्फत उपलब्ध गराउनेछ। केन्द्रले उनको आवासीय सुविधा र हेरचाहको जिम्मेवारी बहन गर्नेछ भने विद्यालयले औपचारिक शिक्षा प्रदान गर्नेछ ।
कम्पनीका अनुसार, समाजका सबै वर्गको समावेशी विकासमा योगदान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो । “विशेष क्षमता भएका बालबालिकालाई गुणस्तरीय तथा उपयुक्त शिक्षा उपलब्ध गराउनु हाम्रो दायित्व हो,” कम्पनीले जनाएको छ।


सम्बन्धित समाचार
टोखामा विस्केट जात्रा सुरु
जन्मदर्ता र विवाह दर्ताको प्रमाणपत्र अब नागरिक एपबाटै हेर्न सकिने !
क्यान्सरसँग लड्दै ३ वर्षीय छोरा,आर्थिक सहयोगका लागि अपिल
मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै
खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
पहलगाम आक्रमणप्रति एलन फाउन्डेशनद्वारा निष्पक्ष छानबिन र कारबाहीको माग






