आइसोलेसन वार्ड कोरोना संक्रमितले भरिए, ३८ संक्रमित सम्बन्धित पालिकामै

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको सन्त अल्पमाई रामनारायण नर्सिङ्ग कलेजमा निर्माण गरिएको अस्थायी कारोना विशेष अस्पताल (आइसोलेसन वार्ड) कोरोना संक्रमित बिरामीले भरिएको छ । अस्थायी कोरोना विशेष अस्पताल भरिएपछि हिजो कविलासीका ३८ र हरिपुर नगरपालिकाको २ जना संक्रमित व्यक्ति गरी जम्मा ३८ जनालाई सम्बन्धित पालिकामा नै राखिएको छ ।

मलंगवामा रहेको आइसोलेसन वार्डमा ४१ जना कोरोना संक्रमितलाई आइसोलेट गरिएको थियो । ब्रहम्पुरी गाउँपालिकाका ३ जना संक्रमितलाई राखेपछि आइसोलेसन वार्ड भरिएको हो । मलंगवा नगरपालिकामा २ जना पत्रकार र हरिपुर्वाका एक जना मानसिक सन्तुलन गुमाएका कोरोना संक्रमितलाई छुटा छुट्टै कोठा दिनु परेकोले ५० बेड क्षमता भएको आइसोलेसन कक्ष ४४ जनामै भरीभराउ भएको अस्थायी कोरोना विशेष अस्पतालका मलंगवाका चिकित्सकले बताएका छन् ।

आइतबार मात्र जिल्लाको ब्रहम्पुरी गाउँपालिकाका ३ जनासहित हरिपुर नगरपालिकाका ७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । ब्रहम्पुरीका ३ जना संक्रमित मलंगवास्थित आइसोलेसन वार्डमा राखिए पनि हरिपुर नगरपालिकाका आइतबार र सोमबार गरी जम्मा ९ जना कोरोना संक्रमितका लागि हरिपुर नगरपालिकाको फरहदवामा रहेको स्वास्थय चौकीमा १५ शैयाको आइसेलेसन वार्ड तयार गरी संक्रमित व्य्िक्तहरुलाई राखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जि.सी.ले जानकारी दिए । थप आवश्यक व्यावस्था मिलाउन प्रदेश सरकार, स्थानीय सरकार तथा जिल्ला अस्पताल मलंगवा सँग सहजीकरण गरि काम अगाडि बढाइसकेको प्रजिअ जि.सी.ले बताए ।

चेक जांचको दायरा बढाएसंगै जिल्लामा धमाधम कोरोना संक्रमितको संख्या बढदै गएको छ । जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ सय १० पुगेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी जिसीले बताए । तर कोरोनो संक्रमण पुष्टि भएका संक्रमितहरुलाई कहा आइसोलेट गर्ने भन्ने ’boutमा थप समस्या उत्पन्न भएको प्रजिअ जिसीले बताए ।

त्यस्तै कविलासी नगरपालिकामा आरडिटी टेष्ट गर्दा गए साँझ नै थप ४ जनामा आरडिटी टेष्ट पोजेटिभ देखिएको छ । चार जनामा पोजेटिभ देखिएसँगै ४० जनालाई काहाँ राख्ने भन्ने विषयमा ठुलो समस्या भएको कविलासी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख संजय झाले बताए । अहिले संक्रमित बिरामीहरुको लागि आइसोलेसन वार्ड तयार भैनसकेको हुँदा उनीहरुलाई अगरबाको विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा नै राखिएको स्वास्थ्य शाखा प्रमु्ख झाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन