मकवानपुर । हेटौँडा—काठमाडौं जोड्ने कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका— ८ भरेङडाँडामा गएराति गएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार आज अपराह्नदेखि दुवैतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम महेन्द्र राजमार्ग र भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकमा हाल दैनिक सबै प्रकारका यातायात सेवा सञ्चालन भइरहेको बताए ।
यसैगरी, हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)
सम्बन्धित समाचार
सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु
सडक अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीको माग
चुलाचुलीका सडक धमाधम कालोपत्रे
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति
उपत्यकासहित देशभर सुकसम्वासी बस्तीमा डोजर






