काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन् । सरकारले प्रमाणीकरणका लागि शीतलनिवास पठाएको यो अध्यादेश राष्ट्रपति पौडेलले फिर्ता गरिदिएका हुन् । हालै सरकारले पठाएका अरु सात अध्यादेश जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने फिर्ता पठाएका हुन् ।
राष्ट्रपति कार्यालयले यो अध्यादेश राष्ट्रपति पौडेलले पुनर्विचारका लागि पठाएको उल्लेख गरेको छ । ुमन्त्रिपरिषद्को निर्णयबमोजिम सिफारिस भई आएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधी) (पहिलो संशोधन) अध्यादेश, २०८३ को विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न पठाउनु भएको छु, राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)
सम्बन्धित समाचार
रास्वपा केन्द्रीय समिति बैठक सोमबार
विद्यार्थी संगठन र कर्मचारी युनियनका संरचना तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा साम्पाङ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
नेकपाले बनायो संविधान संशोधन कार्यदल
कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा थापा
बालेन सरकारले थप तीनवटा अध्यादेश पठायो शीतल निवास






