काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरबारमा बसिरहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा सोमबार बिहान साढे १० बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो।
हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ। आजको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय मर्ज र खारेजका सम्बन्धमा छलफल हुने सम्भावना छ। सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर मन्त्रालयको नयाँ नाम कायम गर्ने तयारी गरिरहेको छ।
आजको बैठकमा सरकारको सयबुँदे कार्ययोजना सम्बन्धमा छलफल हुने बताइएको छ।
तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)











