२ जना संक्रमित समुदायमा घुमफिर गरेपछि कविलासीवासी त्रसित

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा यतिबेला स्थानियहरु त्रसित बनेका छन् । गए साझ कबिलासी नगरपालिका वडा न ८, अगर्वास्थित जन्ता मा .वि. क्वारेन्टाइनमा बसेका ३६ जना जना कोरोना संक्रमित थपिएसँगै स्थानियहरु त्रसित बनेका छन् । क्वारेन्टाइनमा रहेको व्यक्तिहरुको लागि वडा नं. ७ सिरसिया घर भएका भान्से (खाना पकाउने मानिस) कोरोना संक्रमित भएको र संक्रमित भान्से विभिन्न पसलबाट खाना पकाउन सरसमान किनेको र समुदायमा पनि खुल्लारुपमा विभिन्न व्यक्तिहरु सित हिजो सम्म सम्पर्क बढाएकोले आफुहरु त्रसित बनेको एक स्थानियले बताए । क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिमा समेत कोरोना संक्रमण देखिएपछि समुदायमा झनै जोखिम बढेको स्थानियहरुले बताए ।

खाना पकाउने ती संक्रमित व्यक्ति खुलेयाम आफनो गाउँ सिरसिया र अगर्वाको विभिन्न पसलबाट क्वारेन्टाइनको किचेनको लागि खाद्यवस्तु किनेर हिजोसम्म ल्याएका थिए र प्रत्यक्ष रुपमा १ सयदेखि २ सय जना सम्मको व्यक्तिको सम्पर्कमा आएको हुदाँ समुदायमा नै कोरोनाको संक्रमण बढन सक्ने स्थानिय पशुपति यादवले जानकारी दिए ।

त्यस्तै वडा नं.१० निवासी सलेमपुरका अर्का एक जना संक्रमित पनि सलेमपुर गाउँमा समुदायमा नै घुमफिर गरेको हुदाँ सलेमपुरमा पनि कोरोनाको उच्च जोखिममा रहेको वडा नं. १० का स्थानियवासी पवन यादबले जानकारी दिए । सलमपुरका संक्रमित व्यक्ति भारतको राँची बाट नगरपालिका आएको थियो र उनको आरडीटी टेष्ट नेगेटिभ आएपछि घर पठाइएको थियो । घर पठाएपछि समुदायमा ढुक्क भएर घुमफिर गरेको थियो । जेठ ११ गते पिसिआर प्रविधिमा कोरोना परिक्षण गराउन स्वाब दिएका थिए र ति व्यक्तिको हिजो कोरोना संक्रमण पोजेटिभ आएपछि यतिबेला सलेमपुर वासी पनि त्रसित भएको वडा नं. ९ सलेमपुरका अर्का स्थानिय शंकर यादवले बताए ।

वडा नं. ७ सिरसियका भान्से र वडा नं. १० का सलेमपुरका संक्रमित व्यक्ति समुदायमा निर्धक संग घुलमिल भएको हुँदा सलेमपुर, अगर्बा, कविलासी र सिरसियावासीहरु कोरोनाको जोखिममा रहेको वडा नं. ९ कै अर्का स्थानिय पंकज महतोले जनाएको छ । कोरोना संक्रमित भान्से र राचि बाट आएको सक्रमित दुवै जना समुदायमा पुरै घुलमिल गरिसकेकोले हामीले ती संक्रमित व्यक्तिको ट्रेसिङ्ग गरी संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै जनाको स्वाब संकलन गरी कोरोना परिक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने नगर प्रमुख कौशल किशोर यादबले बताए । अहिले नगर उपर ठुलै संकट छ, नगरवासीहरुलाई कोरोना बाट जोगाउन छिटै नै संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको टे«सिङ्ग गरी कोरोना परिक्षणको लागि स्वाब टेकु पठाइने नगर प्रमुख यादवले प्रतिबद्धता समेत व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार