सप्तरीको ८ स्थानिय तहमा ५५ जनामा कोरोना संक्रमण

सप्तरी । सप्तरीको १८ वटामध्ये ८ स्थानिय तहमा कोरोना संक्रमित देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा मंगलबार एक जनामा थप कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५५ पुगेको छ । पछिल्लो पटक मंगलबार सप्तरीको राजगढ गाउँपालिका २ का एक २० वर्षीय यूवकमा कोरोना संक्रमणको पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार सात दिनअघि भारतबाट फर्केका उनी गाउँपालिकाद्वारा संचालनमा ल्याइएको कवारेन्टाइनमा बस्दै आएका थिए ।

उनका अनुसार संक्रमितमध्ये सबभन्दा बढी बोदेबसाइन नगरपालिकाका १९ जना छन् । यस्तै संक्रमितमध्ये राजगढ गाउँपालिकाका १३, डाक्नेश्वरी नगरपालिकाका १२, राजविराज नगरपालिका र बलान बिहुल गाउँपालिकाका ४/४ तथा खडक नगरपालिका, सुरुङ्गा नगरपालिका र विष्णुपुर गाउँपालिका १/१ गरि मंगलबारसम्ममा जिल्लामा कूल ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन् ।
उनले संक्रमित पुष्टि भएका सबै ५५ जनालाई राजविराजस्थित साई कृष्णा अस्पतालको आइसोलेशन कक्षमा उपचारका लागि भर्ना गराइएको जानकारी पनि दिए ।

संक्रमितमध्ये २ महिला र ५३ पुरुष छन् । संक्रमित मध्ये ९५ प्रतिशत हालै भारतबाट घर फर्किएकाहरु हुन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवका अनुसार जिल्लामा १ हजार ९ सय ५२ क्षमताको ५७ वटा क्वारेन्टाइन केन्द्र निर्माण गरिएकोमा हाल १ हजार ६ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् । भारतबाट प्रवेश गर्नेको संख्या बृद्धिसँग सँगै संक्रमित र आंशकितको संख्या समेत बढ्न थालेपछि व्यवस्थापनमा चुनौती थपिएको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने