काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७०४ दशमलव ०८ बिन्दुमा कायम भएको छ । यो एक दशमलव २६ प्रतिशतको गिरावट हो ।
आज ३४१ कम्पनीको एक करोड ७४ हजार ५२४ कित्ता शेयर ६८ हजार ६३५ पटक खरिद बिक्री हुँदा रु चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा लघुवित्त समूह सामान्य अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८६, विकास बैंक दुई दशमलव १४, वित्त शून्य दशमलव ९६, होटल तथा पर्यटन एक दशमलव ३५, जलविद्युत् दुई दशमलव २३ र लगानी एक दशमलव ३६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव ४९, उत्पादन तथा प्रशोधन दुई दशमलव दुई दशमलव ५४, म्युचुअल फन्ड शून्य दशमलव ६२, निर्जीवन बीमा शून्य दशमलव ९३, व्यापार एक दशमलव ३८ र अन्य समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ ।
सम्बन्धित समाचार
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ अर्ब राजस्व सङ्कलन
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त
धितोपत्र बोर्ड अध्यक्ष नियुक्त्रिका लागि सिफारिस समिति गठन गर्ने निर्णय
मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु
आगामी बजेट निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह
ऊर्जा र सेवा क्षेत्रले उकास्दै अर्थतन्त्र : जीडीपी ६६ खर्ब, आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित
आज पनि घट्यो नेप्से परिसूचक
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले






