काठमाडौं । गोल्याण ग्रुप अन्तरगतको सिटी होटल लिमिटेडका सञ्चालकले कानुनविपरीत बिक्री गरेको सेयरसम्बन्धी विस्तृत विवरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) मा पुगेपछि यो प्रकरणले थप गम्भीर मोड लिएको छ ।
सिटी होटल लिमिटेडको स्वामित्वमा काठमाडौंको सोल्टीमोडमा पाँचतारे होटल हायात सेन्ट्रिक सञ्चालनमा छ ।
गम्भीर आर्थिक अनियमितता देखिएपछि सिआइबीको एक्सन
गोल्यान ग्रुपका शक्ति कुमार गोल्यान, अक्षय गोल्यान, सुरभी गोल्यान र कमलेश कुमार अग्रवाल संचालक रहेको सिटी होटल लिमिटेडको शेयर निष्काशन र बिक्रीमा सरकारकै एउटा निकायले गम्भीर लापरवाही देखाइदिएको छ ।
सिडिएस एण्ड क्लियरिङ हाउसले नेपाल प्हरकिो केन्द्रीय अनुसनधान व्यूरोलाई उपलव्ध गराएको सेयर विवादसम्वन्धि विवरणले संचालकका तर्फबाट गम्भीर आथिृक अपराध गरेको खुलेको हो ।
गम्भीर वित्तीय संकट, कमजोर व्यवस्थापन र सेयर प्रणालीमा देखिएको विवादास्पद त्रुटिका कारण यो पुँजीबजारकै सबैभन्दा संवेदनशील प्रकरणमध्ये एक बनेको छ ।
कम्पनीले आईपीओ निष्कासनका क्रममा देखाएको ‘घाटाबाट नाफातर्फ जाने’ विवरण र अहिलेको वास्तविक वित्तीय अवस्थाबीचको ठूलो अन्तरले यसको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । त्यसमाथि सेयर संरचनामा देखिएको आइजिनसम्बन्धी विवाद र त्यस’bout भएको पत्राचारले यो विषय अहिले सीआईबीको अनुसन्धानसम्म पुगेको छ ।
कम्पनीले आºनो विवरणमा प्रस्तुत गरेको प्रक्षेपणअनुसार केही वर्षभित्रै नाफामा जाने स्पष्ट संकेत दिएको थियो । तर वास्तविक तथ्यांकले त्यसलाई पूर्णरूपमा उल्टो प्रमाणित गरेको छ ।
आर्थिक वर्ष २०७९–८० मा अनुमान गरिएको भन्दा तीन गुणा बढी घाटा देखिएको थियो भने २०८०–८१ मा नाफा हुने दाबी गरिए पनि २० करोडभन्दा बढी घाटा भएको थियो । २०८१–८२ मा पनि नाफा हुने अपेक्षा देखाइए पनि कम्पनीले झन्डै १९ करोड घाटा बेहोरेको थियो । यस्तो अन्तरले व्यवस्थापनको प्रक्षेपण क्षमतामाथि मात्र होइन, लगानीकर्तालाई दिइएको सूचनाको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ ।
प्रतिसेयर आम्दानी (ईपीएस) को अवस्था झन् चिन्ताजनक छ । कम्पनीले भविष्यमा सकारात्मक आम्दानी हुने दाबी गरे पनि हालको विवरणअनुसार ईपीएस ऋणात्मक (–८ दशमलव ४४) छ । यसको अर्थ लगानीकर्ताले लगानी गरेको रकमबाट प्रतिफल होइन, उल्टै घाटा बेहोर्नुपरेको अवस्था छ । कमजोर वित्तीय आधार, निरन्तर घाटा र कम नेटवर्थ हुँदाहुँदै पनि कम्पनीको सेयर मूल्य भने अस्वाभाविक रूपमा उकालो लागेको छ, जसले बजारमा कृत्रिम माग वा चलखेल भएको आशंका बलियो बनाएको छ ।
यसैबीच, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले कम्पनीको सेयर संरचनामा गम्भीर त्रुटि देखिएको भन्दै सीआईबीलाई पत्राचार गरेको छ । मुख्य विवाद संस्थापक र सर्वसाधारण सेयरलाई एउटै आइजिन नम्बरमा मिसाइएको विषयमा केन्द्रित छ । नियमतः यी दुई समूहका सेयर छुट्टाछुट्टै पहिचानमा रहनुपर्ने हुन्छ । तर एउटै आइजिन प्रयोग गर्दा प्रणालीमा दुवै सेयर एउटै रूपमा देखिन थाले, जसले लगानीकर्तामा भ्रम सिर्जना ग¥यो ।
यसको प्रत्यक्ष असर बजार मूल्यमा देखिएको छ । सामान्य अवस्थामा संस्थापक सेयरको मूल्य बुक भ्यालु वा पार भ्यालु आसपास रहने भए पनि यहाँ ती सेयर २ सय ५१ रुपैयाँदेखि ४ सय ६९ रुपैयाँसम्ममा कारोबार भएको देखिन्छ । लगानीकर्ताले ‘सस्तोमा सेयर पाइयो’ भन्ने सोचेर खरिद गरे पनि वास्तविकता भने फरक थियो । ती सेयर तत्काल कारोबार गर्न नमिल्ने, लकइनमा रहेका संस्थापक सेयर थिए । यसले गर्दा सर्वसाधारण लगानीकर्ता प्रत्यक्ष रूपमा जोखिममा परेका छन् ।
– सिटी होटलका सञ्चालकले कानुनविपरीत बेचे सेयर
– वित्तीय संकट र सेयर प्रणालीमा गम्भीर त्रुटी
– दोस्रो बजारमा अस्वाभाविक मूल्यवृद्धि
– अनियमितताको विवरण सीआईबीमा, अनुसन्धान तीव्र
धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र कम्पनी ऐन २०६३ अनुसार संस्थापक सेयर निश्चित अवधिसम्म बिक्री गर्न पाइँदैन । तर कम्पनीले हकप्रदको नाममा अक्सनमार्फत त्यस्ता सेयर बिक्री गरेको आरोपले कानुन उल्लंघन गरेको छ । यस्तो अवस्थामा गरिएको कारोबारले पुँजीबजारको आधारभूत सिद्धान्त पारदर्शिता र निष्पक्षतामाथि नै प्रश्न उठाएको छ ।
अर्कोतर्फ कम्पनीको जोखिम सूचकहरू पनि चिन्ताजनक छन् । कम्पनीको क्रेडिट रेटिङ बी प्लस माइनस रहेको छ, जसले उच्च जोखिमको संकेत गर्छ । प्रति सेयर नेटवर्थ करिब १३० रुपैयाँ मात्र रहेको अवस्थामा बजार मूल्य १ हजार ९ सय रुपैयाँभन्दा माथि पुग्नु सामान्य आर्थिक तर्कसँग मेल खाँदैन । यस्तो अवस्थालाई विश्लेषकहरूले ‘बबल’ को प्रारम्भिक संकेतको रूपमा लिने गरेका छन् ।
आगामी दिनहरूमा अझ ठूलो जोखिम देखिएको छ । कम्पनीका संस्थापक समूहका करिब २ करोड ७१ लाखभन्दा बढी सेयर लक–इन अवधि समाप्त भएपछि बजारमा आउन तयार छन् । जब यति ठूलो परिमाणको सेयर एकैपटक बजारमा प्रवेश गर्छ, त्यसले आपूर्ति अत्यधिक बढाउने र मूल्यमा तीव्र दबाब सिर्जना गर्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा अहिले उच्च मूल्यमा सेयर खरिद गर्ने लगानीकर्ताले ठूलो नोक्सानी बेहोर्नुपर्ने जोखिम देखिन्छ ।
यस सम्पूर्ण प्रकरणले नेपाली पुँजीबजारको नियमन प्रणालीमाथि पनि प्रश्न उठाएको छ । नियामक निकायले समयमै हस्तक्षेप नगर्दा यस्तो अवस्था सिर्जना भएको हो कि भन्ने बहस सुरु भएको छ । यदि प्रणालीगत त्रुटि र कानुन उल्लंघन यति ठूलोस्तरमा हुन सक्छ भने भविष्यमा यस्ता घटनाबाट लगानीकर्तालाई कसरी जोगाउने भन्ने चुनौती अझ गम्भीर बन्दै गएको छ ।
समग्रमा सिटी होटलको वर्तमान अवस्था वित्तीय असफलता, प्रणालीगत कमजोरी र बजार व्यवहारबीचको जटिल सम्बन्धको उदाहरण बनेको छ । आइजिन विवाद र अनुसन्धानले कम्पनीको विश्वसनीयतामा ठूलो धक्का दिएको छ ।
स्रोतका अनुसार कम्पनीका सञ्चालकहरूले हकप्रदको नाममा लकइन अवधिमा रहेको संस्थापक सेयर अक्सनमार्फत बिक्री गरेको आरोप लागेको छ । कम्पनीले २१ लाख ५० हजार ४१८ कित्ता सेयर लिलामीमा बिक्री गरेको थियो, जसमा संस्थापक समूहकै १९ लाख ८९ हजार ९९९ कित्ता सेयर समावेश थिए । यस्ता सेयर कानुनतः बिक्री गर्न नमिल्ने अवस्थामै थिए । कर्मचारी समूह र सर्वसाधारण समूहका सेयरसमेत सोही प्रक्रियाबाट बिक्री गरिएको विवरण छ । यो सम्पूर्ण प्रकरणको तथ्यांक अनुसन्धानका लागि सीआईबीमा पठाइएको छ भने सीडीएससीले आºनो प्रणालीमा रहेको विस्तृत विवरणसमेत उपलब्ध गराएको जनाएको छ ।
यस घटनाको केन्द्रमा रहेको सबैभन्दा गम्भीर पक्ष भनेको संस्थापक सेयर र सर्वसाधारण सेयरलाई एउटै आइजिन नम्बरमा मिसाइएको आरोप हो । सामान्यतया यी दुई प्रकारका सेयर छुट्टाछुट्टै पहिचानमा राखिनुपर्ने र संस्थापक सेयर लक–इन अवधिभर कारोबारयोग्य नहुने व्यवस्था छ । तर कम्पनीले १७ जेठ २०८० देखि नै दुवै सेयरलाई एउटै आइजिनमा मिसाएको थियो । यसले गर्दा बजारमा ती सेयरको मूल्य सर्वसाधारण सेयर सरह देखिन थाल्यो र लगानीकर्ताले वास्तविक अवस्था नबुझी खरिद गरेका थिए ।
सीडीएससीले सीआईबीलाई पठाएको पत्रमा उल्लेख भएअनुसार यदि संस्थापक सेयर फरक आइजिनमा राखिएको भए त्यसको मूल्य पर भ्यालु करिब १०० रुपैयाँको हाराहारीमा सीमित हुने थियो । तर एउटै आइजिन प्रयोग गरिँदा ती सेयर २ सय ५१ रुपैयाँदेखि ४ सय ६९ रुपैयाँसम्म बिक्री भएको देखिएको छ । यसले लगानीकर्तामा सस्तोमा अवसर पाएको भ्रम सिर्जना गराएको थियो । पछि मात्रै उनीहरूले किनेको सेयर तत्काल बिक्री गर्न नमिल्ने, लक–इनमा रहेको सेयर भएको खुल्न थालेको छ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली–२०७३ को नियम ३८ (१) अनुसार आईपीओ बाँडफाँड भएको मितिले तीन वर्ष नपुगी संस्थापक सेयर बिक्री गर्न पाइँदैन । तर सिटी होटल लिमिटेडले यही प्रावधानलाई चुनौती दिँदै हकप्रदको नाममा अक्सनमार्फत बिक्री गरेको आरोप छ । अझ गम्भीर कुरा के हो भने लकइनमा रहेको सेयरको हकप्रद अधिकार पनि हस्तान्तरण गर्न नमिल्ने अवस्थामा हुन्छ । यस्तो अवस्थामा गरिएको बिक्रीलाई विज्ञहरूले सीधा कानुन उल्लंघनको रूपमा व्याख्या गरेका छन् ।
यस घटनाले नियामक निकायको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमअनुसार अनुमति दिएको दाबी गरिए पनि व्यवहारमा देखिएको गतिविधिले नियमनको प्रभावकारितामाथि प्रश्न उठाएको छ । बजारमा यस्तो ठूलोस्तरको वर्गीकरण त्रुटि र कानुन उल्लंघन सम्भव हुनुमा नियामकको कमजोरी वा ढिलाइ भएको हुनसक्ने टिप्पणी भइरहेका छन् ।
कम्पनीको आगामी दिन अझ जोखिम हुने सम्भावना रहेको छ । कम्पनीका संस्थापक र कर्मचारी समूहको २ करोड ७१ लाखभन्दा बढी सेयर लकइन अवधि समाप्त भएपछि बजारमा आउने तयारीमा छन् । यदि यति ठूलो परिमाणको सेयर एकैचोटि बजारमा आयो भने हालको मूल्यमा ठूलो दबाब पर्ने र बजारमा गिरावट आउने सम्भावना उच्च छ । यसले अहिले उच्च मूल्यमा सेयर खरिद गर्ने लगानीकर्तालाई प्रत्यक्ष असर पार्न सक्छ ।
यो प्रकरणले नेपाली पुँजीबजारमा पारदर्शिता, नियमन र लगानीकर्ता संरक्षणका विषयमा गम्भीर बहस सुरु गराएको छ । अहिले अनुसन्धान जारी रहेको भए पनि प्रारम्भिक तथ्यले नै गम्भीर अनियमितताको संकेत गरेका छन् । यदि यी आरोप पुष्टि भए भने यो केवल एउटा कम्पनीको समस्या नभई सम्पूर्ण बजार संरचनामा सुधार आवश्यक भएको संकेत हुनेछ ।
सम्बन्धित समाचार
निर्जीवन बिमा व्यवसाय उत्साहजनक, बागमतीको वर्चस्व, मोटर अग्रपंक्तिमा
निर्जीवन बिमा व्यवसाय उत्साहजनक
संवेदनशील र निषेधित क्षेत्रमा उडान भर्न पूर्वअनुमति नचाहिन
जो सुन्दरी प्रतियोगितामा ताज जितेपछि नायिका बने
भाडाको मारमा साइपाल : समान दृष्टिकोण, असमान पीडा
आईसीसी विश्वकप लिग–२ क्रिकेट : नेपालद्वारा यूएईलाई २०१ रनको लक्ष्य
भर्ना शुल्कमा अनियमितता सम्बन्धमा स्थानीय सरकार र गृह मन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय






