पोखरामा जिफानले सिकायो अभिनय

काठमाडौं । ‘गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को आयोजनामा सप्ताहव्यापी अभिनय कार्यशाला सम्पन्न भएको छ । पोखराको नदीपुर–३ स्थित हंशध्वनि थिएटरमा अभिनेता अनुप बरालले दुई दर्जन चलचित्रकर्मीलाई अभिनय प्रशिक्षण दिएका छन् ।

कार्यशालामा गुरुङ चलचित्र क्षेत्रका कलाकार, नयाँ पुस्ताका प्रशिक्षार्थी तथा चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो। अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, रंगमञ्चीय अनुशासन, प्रस्तुति शैली र क्यामेराअगाडि कलाकारले अपनाउनुपर्ने सीपहरू’bout व्यावहारिक प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

प्रशिक्षित कलाकारहरूलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, जिफानका अध्यक्ष राजबहादुर गुरुङलगायतले प्रमाणपत्र प्रदान गर्दै यो कार्यशाला सम्पन्न गरेका छन् । अध्यक्ष डिसीले स्थानीय भाषा, संस्कृति र समुदायमा आधारित चलचित्रको विकासका लागि दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको बताए । गुरुङ चलचित्रले नेपाली चलचित्र क्षेत्रमा मौलिकता, पहिचान र सांस्कृतिक विविधताको महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनले यस्ता प्रशिक्षण कार्यक्रमले कलाकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गुरुङ फिल्म एशोसिएसन नेपालका अध्यक्ष राज बहादुर गुरुङ ‘राजेश’ले कार्यशाला सफलतापूर्वक सम्पन्न हुनु गुरुङ चलचित्र क्षेत्रका लागि उत्साहजनक उपलब्धि भएको बताए । आगामी दिनमा पनि जिफानले चलचित्रकर्मीहरूको सीप विकास, प्रशिक्षण र संस्थागत सुदृढीकरणका कार्यक्रमलाई निरन्तरता दिने भनाई उनले कार्यक्रममा राखे ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी