प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुग्यो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ । मंगलबार दिउँसो थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ६सय १५ पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार सप्तरीमा १ जना, सिराहामा १७ जना, धनुषा जिल्लामा ४ जना, महोत्तरीमा २ जना, सर्लाहीमा २१ जना, रौतहटमा ७४ जना र बारामा १ जना ब्यक्ति कोरोना संक्रमणको पुष्टि भएका छन् । सप्तरीको राजगढ गाउँपालिका स्थित नर्घाे माध्यमिक विद्यालयमाको क्वारेन्टिनमा १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनी भारतबाट फर्केर क्वारेन्टिनमा बसेक थिए ।

सिराहा नगरपालिका स्थित सूर्यनारायण सत्यनारायण मरबैता क्याम्पसको होस्टेलमा सञ्चालित क्वारेन्टाईनमा बस्दै आएका १७ जना पुरुषहरुम संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये अधिकांश भारतके मुम्बईबाट फर्केकहरु हुन् । धनुषाको धनौजी गाउँपालिका स्थित शंकर माध्यमिक विद्यालयको क्वारेन्टाईनक १ जना, नगराइन नगरपालिका स्थित प्रादेशिक क्वारेन्टाइन गांगुलीका १ जना र धनुषा जिल्लाकै हंसपुर नगरपालिका स्थित नवापुर माध्यमिक विद्यालय क्वारेन्टिनका २ जना पुरुषमा संक्रमणको पुष्टि भएको छ । उनीहरु चारैजना भारतबाट फर्केर क्वारेन्टिनमा बसेका थिए ।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्वर २ स्थित महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाईनका १ जना सोही नगरपालिकाको वडा नम्वर ५ स्थित बसबीट्टी माध्यमिक विद्यालयको क्वारेन्टाईनका १ जना गरी २ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ । उनीहरु पनि भारतबाट नै आएका छ ।

सर्लाही जिल्लाको बलरा नगरपालिकाको क्वरेन्टिनमा बसेका ९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी सर्लाहीकै ब्रम्हपुरी गाउँपालिका स्थित रामविलास प्राथमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । सर्लाहीको बलरा नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाका दुवै क्वारेन्टाईमा रहेका सम्पूर्ण संक्रमितहरु भारतबाट आएको छ ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ गंगा पिपरास्थित भुलयाँ माध्यमिक विद्यालयको क्वारेन्टिनका १४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । रौतहटको राजपुर नगरपालिका वडा नम्वर २ बैरिया स्थित स्थानीय मदरसाको क्वारेन्टाइनमा रहेका २१ ज्नामा संक्रमण पुष्टि भएको छ । जिल्लाकै गढीमाई नगरपालिका वडा नम्वर ३ स्थित शंकर गुदर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

जिल्लाकै परोहा नगरपालिका वडा नम्वर ४ लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ४ जना पुरुषमा, राजदेवी नगरपालिका वडा नम्वर ६ स्थित मुडबलवा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाकै गौर नगरपालिका वडा नम्वर ३ स्थित जुद्ध माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १३ जनामा संक्रमण पुष्टि भएको छ । यमुनामाई गाउँपालिका वडा नम्वर ४ स्थित सरबठा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेकी ८ बर्षीया बालिकासहित थप पाँच जनमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट अएका छन् ।

बारा जिल्ला देबताल गाउँपालिका वडा नम्वर २ स्थित नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालयको क्वारेन्टाइनका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस २ नम्वर प्रदेशमा हालसम्म १०४ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएका छन् ।

आइसोलेशनमा उपचाररत कति ?
मंगलवार दिउंसोसम्म सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा १, राजविराजस्थित शाही कृष्णा अस्पतालको आइसालेशन कक्षमा ५३ जनाको उपचार भइरहेको छ भने सिरहाको महेन्द्र गेनाई अस्पतालमा २५, जिल्लाको कोभिड १९ विशेष अस्पतालमा ५ र धनुषाको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड १९ विशेष अस्पतालमा २८ र लक्ष्मिनिया स्थित सीटीईभीटी पोलिटेक्निक इन्स्टिच्यूटको आइसोलेशन कक्षमा ५९ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी महोत्तरीको जिल्ला अस्पतालमा २६, सर्लाहीको मलंगवा स्थित बलवामाई राजनारायण यादव अस्पतालमा ४५ जनाको उपचार भइरहेको भने रौतहटको चन्द्रनिगाहपुर स्थित अस्पतालमा ८, गौरमा २९, राजपुर फरहदवामा २५, देवही गोनाहीमा २२, गरुडा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशन कक्षमा ७५ जना, बाराको कलैया स्थित अस्पतालमा ५०, पर्साको नारायणी उपक्षेत्रिय अस्पताल अन्तर्गतको कोभिड विशेष गण्डक अस्पतालमा २० जनाको उपचार भइरहेको जनाइएको छ । सिरहामा ४, प्रादेशिक अस्पताल जनकपुरमा एक र महोत्तरी जिल्ला अस्पतालमा ८ जना आशंकितको आइसोलेशन कक्षमा उपचार भइरहेको छ।

परीक्षण र क्वारेन्टाइन अवस्था
प्रदेशभरिमा २८ हजार ८ सय ८५ बेड सहितको ३ सय ९४ वटा क्वारेन्टाइन निर्माण गरिएको छ जसमा २३ हजार ३ सय ७६ जना शंकास्पद स्दै आएका छन भने ५ हजार ५ सय ८३ जना होम क्वारेन्टाईनमा बस्दै आएका छन । हालसम्म प्रदेशमा १६ हजार ४ सय ४४ जनाको स्वाव संकलन गरिएकोमा परिक्षण पश्चात ८ सय १५ जनामा पोजेटिव पुष्टि भएको छ भने १० हजार ४ सय २३ जनाको रिपोर्ट निगेटिभ आएको छ र ५ हजार २ सय ६ जनाको परिणाम आउन बांकी रहेको छ । त्यसैगरी आरडीटी परिक्षण तर्फ ७ हजार ३० जनाको परिक्षण गरिएकोमा ७९ जनाको पोजेटिभ र ६ हजार ५१ जनाको निगेटिभ परिणाम आएको सचिव डा. घिमिरेले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 447 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन