काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा। डा। सुशील बहादुर बज्राचार्य ल्याएको छ।तत्कालीन सरकारद्वारा नियुक्त पदाधिकारी हटाउन वालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेश ल्याएसँगै विश्वविद्यालय खाली भएको थियो ।
अध्यादेश आउनुअघि नै उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवम् कुलपति बालेन शाहले बज्राचार्यलाई निमित्तको जिम्मेवारी दिएका हुन् ।
अध्यादेश जारी हुनुअघि नै त्रिविको उपकुलपतिबाट प्रा. डा. दीपक अर्याल र रेक्टर खड्ग केसीसहितले राजीनामा दिएका थिए । उनीहरूसँगै रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए । विश्वविद्यालय पदाधिकारीविहीन भएएपछि बज्राचार्य निमित्त बनाइएको हो ।
विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भएर आवेदन लिन थालिएको छ। उपकुलपतिका लागि आवेदन दिने समय १० दिन तोकिएको छ।






