पाँच दशक पार गरेका विद्यालयले मनाउँदै स्वर्ण महोत्सव

राजविराज । सप्तरीको पुरानो मध्येका एक अग्नीसाइर कृष्णासवरण गाउँपालिका १ स्थित जनचेतना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५ दशक पार गरेको अवसरमा सोमवार जेठ ४ गते देखि विविध कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको छ ।

आईतवार विद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी स्वर्ण महोत्सव मूल समारोह समितिले यस्तो जानकारी गराएको हो ।

स्वर्ण महोत्सव जेठ ४ गते देखि जेठ ९ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी मनाइनेछ । महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष दिलपि कुमार चौधरीका अनुसार महोत्सवको पहिलो दिन विद्यालय परिसरमा उद्घाटन समारोह तथा विज्ञानकला प्रदर्शनी गरिनेछ ।

दोश्रो दिन मंगलवार जेठ ५ गते पालिका भित्रका ८ विद्यालय बीच छात्र र छत्राहरुको भलिबल खेल प्रतियोगिता, र वकतृत्व कला प्रतियोगिताको आयोजना गरिनेछ । जेठ ६ गते बुधवार हाजिरी जवाफ प्रतियोगिता तथा भलिबल खेलको फाईनल प्रतिस्पर्धा हुनेछ ।
यस्तै जेठ ७ गते बिहीवार गीत संगित र नृत्य प्रतियोगिता, जेठ ८ गते रक्तदान तथा अन्तिम दिन जेठ ९ गते स्वर्ण महोत्सव स्मरिका प्रकाशन, ५ हजार भन्दा बढी सहयोग गर्ने दाताहरुको नाम लेखिएको शिलालेख अनावरण तथा समापन कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ ।

स्वर्ण महोत्सव आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीले करिब १४ देखि ि१५ लाख रुपैयाँ सम्म खर्च हुने महोत्सवका लागि अग्नीसाइर कृष्णासवरण गाउँपालिका कार्यालयका साथै स्थानीय समाजसेवी तथा विद्यालयका पूर्व विद्यार्थीहरुले चन्दा सहयोग गरेको बताए ।

उनका अनुसार स्वर्ण महोत्सव स्तम्भ निर्माणका साथै अन्य आवश्यक सबै तयारी पुरा भएको छ । महोत्सवलाई सभ्य र भव्य बनाउन उनकै अध्यक्षतामा १५ सदस्यीय मूल समारोह समिति बनाइएको छ ।

समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नयन कुमारी सिंह, प्रधानाध्यापक श्याम कुमार चौधरी, पूर्व प्रअ धर्म नारायण ठाकुर, रामदेव चौधरी, बासुदेव चौधरी, महेश प्रसाद विश्वकर्मा, अम्बिका कोईराला, दुर्गा प्रसाद चौधरी, रामेश्वर साह, चतुरनारायण चौधरी, रंजना कुमारी चौधरी र वडा अध्यक्ष सबजुल खलिफा लगायतका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री