सुन्दरहरैंचा(मोरङ) । सुनसरीको सरस्वती ज्ञानकुञ्ज सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको छ। विद्यालयले इनरुवा – ५ स्थित लक्ष्मी पाटी प्यालेसमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सुनसरी जिल्लामै प्रथम तथा कोशी प्रदेशमै दोस्रो स्थान हासिल गर्न सफल भएको जनाएको छ। विद्यालयका प्रिन्सिपल राजकुमार मण्डलले दिएको जानकारी अनुसार विद्यालयका जम्मा ४८ जनामा ९ जनाले GPA 4.0, सहित ४७ जना A+ र १ जनाले B+ ल्याई सतप्रतिसत उत्तीर्ण भएका छन्।
प्रिन्सिपल मण्डलले विद्यालयको सफलतामा विद्यार्थीको मेहनत, शिक्षकहरुको समर्पण र अभिभावकहरुको विश्वास मुख्य आधार रहेको बताए। उनले भने, “विद्यालयले केवल परीक्षा केन्द्रित शिक्षा मात्र नभई अनुशासन, नैतिकता र व्यवहारिक ज्ञानलाई पनि प्राथमिकतामा राख्दै आएको छ। यही कारणले निरन्तर उत्कृष्ट नतिजा सम्भव भएको हो।”
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई खादा, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। विद्यार्थीहरुको सफलतामा खुशी व्यक्त गर्दै विद्यालय परिवारले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ।
सम्मान कार्यक्रममा बोल्दै अभिभावकहरुले विद्यालयप्रति आभार व्यक्त गर्दै शैक्षिक वातावरण, नियमित निगरानी र शिक्षकहरुको मेहनतकै कारण आफ्ना छोराछोरीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताएका थिए । विद्यार्थीहरुले पनि विद्यालयको सहयोग, शिक्षकहरुको प्रेरणा र अभिभावकहरुको साथले आफूहरुलाई सफलता प्राप्त गर्न सहज भएको बताएका छन्।
उनीहरुले भविष्यमा पनि अझ मेहनत गर्दै उच्च शिक्षा र करियरमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो। विद्यालयले आगामी वर्षहरुमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित गुणस्तरीय शिक्षामा जोड दिइरहेको जनाएको छ।
सम्बन्धित समाचार
सङ्खुवासभामा ६ हजार बढी बालबालिकाको स्वास्थ्य जाँचिने
प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
हराएको खुकुरी खोज्न गएका २ को भीरबाट खसेर मृत्यु
एसियन हाइवे योजनामाथि गम्भीर प्रश्न
‘जरा’ बलियो भए कांग्रेस मजबुत हुन्छ : देवराज तामाङ
बस्ती खाली गर्दा तीन विद्यालय भत्किए, विद्यार्थीको शिक्षा निरन्तरताका लागि स्थानान्तरण
पौवादुङमामा ‘विराट ज्ञानमहायज्ञ’मार्फत एक करोड बढी संकलन
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने बोर्डको तयारी






