डडेल्धुराबाट सुतेर काठमाडौं जान मिल्ने एसी सोफा बस संचालन

डडेल्धुरा–काठमाडौं संचालनमा आएका उग्रतारा दरबार एसी सोफा बस । तस्बिरः सम्झना पाण्डेय

डडेल्धुरा । डडेल्धुराबाट देशको संघीय राजधानी काठमाडौंसम्म सुतेर जान मिल्ने स्लिपर एसी सोफा बस संचालनमा आएका छन । उग्रतारा डडेल्धुरा यातायात प्रालिले सोमबारदेखि दैनिक एक बस डडेल्धुरा–काठमाडौं र काठमाडौं–डडेल्धुरा सञ्चालनमा ल्याएको छ ।

यसअघि सोफा एसी बस यस रुटमा सञ्चालनमा रहे पनि करिब चार महिना यता बन्द भएका थिए । यात्रुको सेवा सुबिधालाई मध्यनजर गर्दै प्रालीले डडेल्धुरा–काठमाडौं एसी लक्जरी बस सेवा पुनः नियमित सञ्चालनमा ल्याएको प्रालीका वरिष्ठ उपाध्यक्ष दिपकराज भट्टले जानकारी दिए ।

उनका अनुसार डडेल्धुराबाट काठमाडौंका लागि प्रत्येक दिन मध्यान्ह १२ः३० बजे र काठमाडौंबाट डडेल्धुराकालागि पनि सोही समयमा बस प्रस्थान गर्ने छ ।

उनका अनुसार आईतबार अपरान्ह प्रालीका संस्थापक एवं निर्वतमान अध्यक्ष सन्तोष खड्काले रिवन काटेर उग्रतारा दरबार सोफा एसी बसको औपचारिक रुपमा उद्घाटन गरेका थिए । एक बसमा आठ जना यात्रुले सुतेर यात्रा गर्न सक्ने बरिष्ठ उपाध्यक्ष भटट्ले बताए ।

सोमबारदेखि डडेल्धुरा–काठमाडौं रुटमा यी बसले नियमित सेवा दिने उपाध्यक्ष भट्टले जानकारी दिए । यससँगै सुदूरपश्चिमका यात्रुका लागि लामो दूरीको यात्रा अब थप सहज, सुरक्षित र सुविधासम्पन्न हुने उनले बताए ।

डडेल्धुरा–काठमाडौं ७९७ किलोमिटरको दुरी रहेको छ । छिमेकी जिल्ला बैतडी र डाटीबाट काठमाडौंका लागि बस नजाने भएकाले सुदूरपश्चिमका तीन पहाडीसंगै अन्य जिल्लाका यात्रुहरुलाई यी बसले सेवा दिने उनको भनाई छ । करिब चार महिना यता डडेल्धुरा–काठमाडौं रुटका बस बन्द हुदा यात्रुले कैलाीको अत्तरिया पुगेर बसको यात्रा गर्न बाध्य थिए ।

उनले भने, यात्रुलाई त सास्ति भयो नै यहाँबाट संचालनमा आउने ६ बसका करिब २४ जना युवा बेरोजगार बन्न पुगे । यात्रुसंगै केही महत्वपूर्ण कागजात काठमाडौं पठाउन स्थानीयलाई गह्रो भएको थियो । अब यात्रासंगै आवश्इक सामाग्री, कागजात पठाउन, ल्याउन डडेल्धुराबासीलाई निकै सहज हुने छ ।

प्रालीले यसपटक झन स्तरीय सेवा, आरामदायी सोफा सिट, सुरक्षित यात्रा र समयमै गन्तव्य पुगाउने प्रतिबद्धतासहित सेवा पुनः सुरु गरिएको उनको भनाई छ ।

विशेषगरी सुदूरपश्चिमबाट राजधानी आउजाउ गर्ने यात्रुकालागि यो बस सेवा निकै राहतपूर्ण हुने विश्वास लिईएको उनले बताए । यात्रुको सहजता र सुरक्षालाई प्राथमिकतामा राख्दै अनुभवी चालक, व्यवस्थित सेवा र आरामदायी वातावरणसहित बस सञ्चालन गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

डडेल्धुराबाट सुतेर काठमाडौं जान मिल्ने एसी सोफा बस संचालन