पाल्पामा थप २ जनामा कोरोना संक्रमण

पाल्पा । थप दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोसंगै पाल्पामा कोरोना संक्रमण हुनेको संख्या ७ पुगेको छ । रामपुर नगरपालिका ४ मटेरीको शहरी स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका २३ र २८ बर्षका पुरुषहरुमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । संक्रमण देखिएका ७ जना पुरुषहरु केही दिन अघि भारतका विभिन्न शहरबाट आएका हुन् ।

यसअगाडी रैनादेवी छहरा गाउ‘पालिकामा २ जना माथागढी गाउ‘पालिका एक र निस्दी गाउ‘पालिकाका २ गरी ५ जनामा संक्रमण देखिएको थियो । उनिहरुलाई तानसेनको मिशनमा रहेको आइसोलेसनमा उपचार गरिएको र सबैको अवस्था सामान्य रहेको छ । संक्रमित व्यक्तिहरुको सम्र्पकमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ्ग गरेर स्वाब संकलन गर्न थालिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !