तनहुँ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले स्कुटरमा सवार दुई युवाहरुलाई अबैध १सय६६ थान लागू औंषध सहित ठूलो परिमाणमा पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका ईन्चार्ज प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीको विशेष टोलिले नियमित सवारीसाधन चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
लागूऔंषध सहित पक्राउपर्नेहरुमा ग१७ प ३३७२ नम्बरको स्कुटर चालक लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका-६, दुधपोखरी निवासी बर्ष ३० का आईते तामाङ र सोही स्कुटरमा पछाडि सवार जिल्ला लमजुङ सुन्दरबजार नगरपालिका – ६, तार्कु घर भएका बर्ष-२४ का सुजन तामाङ रहेका छन्।
लागू औंषध वोकि सवार गरिरहेका उनीहरुको कालो झोलामा खानतलासी गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट अबैध डाईजेपाम५२ थान,नूफिन५१ थान,फेनरागन-५३ थान गरि १६६ थान लागू औंषध सहित उनीहरुलाई पक्राउ गरि आब्श्यक अनुसन्धान शुरुगरि मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए ।