काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदित गरेलगत्तै मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ। सरकार अहिले बजेट निर्माणको क्रममा छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चलिरहँदा त्यहीँभित्र संसद् बैठक पनि बसिरहेको छ। तर मंगलबारको संसद् बैठकमा प्रधानमन्त्री र अर्थमन्त्री दुवै अनुपस्थित थिए ।
तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)






