सप्तरीमा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते, एक दर्जन सेल अश्रुग्यास प्रहार

सप्तरी । जग्गा सम्बन्धी विवादमा दुई पक्षका बीच बुधबार भएको झडपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटी टोलमा १५ जना घाइते भएका छन् । दुबै पक्ष बीचको झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले १४ सेल अश्रुग्यास समेत प्रहार गर्नु परेको छ । स्थिति नियन्त्रणमा लिन अहिले सो वडामा डिएसपी तिलक भारतीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

झडपमा सो वडाका जोगेन्द्र यादव, पवन साह, रमण साह, ललिता यादव, बिरेन्द्र यादव, मो. दिलसाद, मो. नजिम लगायत दुबै पक्षका गरि १५ जना घाइते भएको र उनीहरु सबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्राप्त घटना विवरण अनुसार एउटै जग्गामा दुई व्यक्तिले आ–आफ्नो घरको दाबी गर्र्दै साँध छुट्ट्याउन बाँसको खाम्बो (खम्बा) गाड्न थालेपछि विवाद बढेको हो । एउटाले गाडेको खाम्बो अर्कोले उखाल्न थालेपछि विवादले उग्ररुप लिएको अनि दुबै पक्ष घरेलु हतियार लिएर एकअर्का माथि आक्रमण गर्न सुरु गरेका थिए । सोही वडा निवासी एवं जिल्ला समन्वय समिति सप्तरीका प्रमुख समेत रहेका प्रभाकर यादवले जग्गा सम्बन्धी विवाद प्रमाण हेरेर नापीका कर्मचारीसमेत ल्याएर विवाद समाधानका लागि आफूले पहल गर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन