Sunday, July 12, 2020
Home प्रदेश प्रदेश २ घर नपठाएको भन्दै क्वारेन्टिनमै कुटिए स्वास्थ्यकर्मी

घर नपठाएको भन्दै क्वारेन्टिनमै कुटिए स्वास्थ्यकर्मी

रौतहट । रौतहटको राजपुर नगरपालिकामा कोरोना भाइरसको पिसिआर रिपोर्ट निगेटिभ आउँदा पनि घर नपठाएपछि क्वारेन्टिनमै स्वास्थ्यकर्मी कुटिएका छन ।

राजपुर नगरपालिका वाड नंं ९ बैरियास्थित मदरसामा रहेको क्वारेन्टिनमा रहेकाहरुको आरडिटी टेष्ट गर्ने क्रममा २ जना स्वास्थ्यकर्मी कुटिएका हुन् । क्वारेन्टीनमा रहेकाहरुले ब्यक्तीहरुको एक समुहको कुटाइबाट राजपुर नगरपालिकाका स्वास्थ्य शाखाका सह-संयोजक तथा सिनियर अहेव शेख खुसैद र स्वास्थ्यकर्मी र राम नरेश साह घाइते भएका हुन् । उनीहरुको टाउकोमा चोट लागेको राजपुर नगरपालिकाका स्वासथ्य शाखा संयोजक रबिन्द्र झाले जानकारी दिएका छन् । उक्त क्वारेन्टीनमा रहेका मध्ये १ सय ८४ जनाको पिसिआर रिर्पोट निगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टिनबाट निकाल्नको लागी आरडिटी टेष्ट गरिएको थियो ।

आरडिटी टेष्ट गर्दा निगेटिभ आएकाहरुलाई मात्रै घर पठाउने निर्णय भए अनुसार परिक्षण शुरु गरेको र केही ब्यक्तिको रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि एक्कासी आक्रमण गरेको स्वास्थ्य संयोजक झाले जानकारी दिए । पिसिआर रिपोर्ट निगेटिभ आएको भएतापनि घर जाने बेलामा आरडिटी परिक्षण गराएर मात्रै पठाउने नगरपालिकाको निर्णय भएको उनले बताए । सो क्वारेन्टीनको माथिल्लो तलामा ७३ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।

पिसिआर रिर्पोट निगेटीभ आएपछि आफुहरु घर जान पाउनु पर्ने क्वारेन्टीनमा बस्नेहरुको माग छ । उनीहरुले ३ वटा मोटरसाइकल समेत फोडेको राजपुर नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत बैजु ठाकुरले जानकारी दिएका छन् । घाइतेहरुलाइ थप उपचारको लागि गौर ल्याउने तयारी भएको ठाकुरले जानकारी दिए ।

अहिले त्याहाको अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी नायब निरिक्षक दिपक कुमार गुप्ताले जानकारी दिएका छन् । स्वास्थ्यकर्मी माथि आक्रमण भएपछि सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । यता आज रौतहटमा ११ जनामा नया कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । योसंगै रौतहटमा संक्रमतिको संख्या ३ सय ३८ जना पुगेको छ । बुधबार कटहरियामा ९, इशनाथमा १ र परोहा नगरपालिकामा १ जना थपिएका हुन् । केहीदिन यता रौतहटमा संक्रमितको संख्या ह्वातै बढेको छ ।

(Visited 121 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप...

भर्खरै

‘अझै दुई महिना बाढी पहिरोको समस्या’

काठमाडौं । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

राजस्व छलीको मुद्दा फछ्र्योटमा सधैं ढिलाइ, कसरी छलिन्छ ? 

काठमाडौं । सरकारले राजस्व छलीको मुद्दा छिटो टुंग्याउन तीन तहका अदालतबाट दुई तहका अदालतले मात्रै हेर्ने व्यवस्था गरे पनि मुद्दाको फछ्र्योटमा ढिलाइ भइरहेको छ...

नेपालमा पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)