धनकुटा । सहिद भीमनारायण गोल्डकपको १८औँ संस्करण आइतबारदेखि सुरु भएको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आइतबार भएको उद्घाटन खेलमा सिराहाको सलहेश फुटबल क्लब विजयी भएको छ । सलहेशले सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराएको हो । उद्घाटन खेल गोलरहित बराबरीमा सकिएपछि खेलको ट्राइबेकरबाट लिइएको थियो ।
ट्राइबेकरमा सलहेशका फागुराम थारु, दिवाकर चौधरी, विदेशी खेलाडी डेभिट ताओ चेस्सी र सुजन डंगोलले गोल गरेका थिए भने रोमन भुजेलको प्रहार बाहिरिएको थियो । यस्तै राष्ट्रिय जागृतिका निवास फुयल, विदेशी खेलाडी केल्भीन, दोर्जे तामाङ मात्रै गोल गरेका थिए भने सुजन चौधरीको प्रहार बारमा लागेर बाहिरिएको थियो भने विदेशी खेलाडी ओलाबी ओफ्रेजको प्रहार सलहेशका गोलकीपर योगेश धिमालले रोकेका थिए । खेलको प्लेयर अफ द म्याच सलहेश रोशन पहाडी घोषित भए । उनले नगद ६ हजार रुपैयाँ तथा मेडल प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत सोमबार गाईघाट फुटबल क्लब उदयपुर र विर्तामोड युनाइटेड क्लब झापाबीच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । यही जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेता टिमले ६ लाख रुपैयाँ र उपविजेता टिमले ३ लाख रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने भएका छन् । हरेक खेलमा प्लेयर अफ द म्याच हुनेले नगद ६ हजार रुपैयाँ र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यसअघि खेलको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले गर्दै खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार संधै तयार रहेको बताए । उनले प्रदेश सरकारले खेलाडीको सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताए । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
विं.स. २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि ०६३ देखि नियमित सञ्चालन हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा ०३५ मा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । श्रेष्ठलाई सरकारले ०७४ सालमा सहिद घोषणा गरेको थियो ।
सम्बन्धित समाचार
अमेरिकाविरुद्धको खेलमा नेपाल सात रनले विजयी
छैटौं रारा ट्रेल रनको उपाधि दलबहादुर र सुनमाया लाई
फुटबल महाकुम्भ ‘फिफा विश्वकप २०२६’ : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
प्रथम छायाँनाथ अल्ट्रा रेसमा धीरबहादुर र सुनमाया प्रथम
गछिया गोल्डकपको आय–व्यय सार्वजनिक, दोस्रो संस्करण अझ भव्य बनाइने
काभा महिला भलिबल: नेपालकाे सामना गर्दै भारत
टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित






