नेपालगन्ज । योग समिति नेपाल केन्द्रीय समिति, नेपालगन्जको अध्यक्षमा पुनः योगगुरु एवं आयुर्वेदाचार्य डा। गिरिराज भट्टराई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
योग समिति नेपालगञ्जले स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्न गर्दै उनलाई अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा), सचिवमा टंक पौडेल, सहसचिवमा दीपक थापा, कोषाध्यक्षमा अनिता श्रेष्ठ तथा सह(कोषाध्यक्षमा मन्दरा शर्मा चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा प्रेम केसी, सविता शर्मा, प्रमोद अग्रवाल, मोतिराम वली, डा दिनेश कुमार चौधरी, ताराप्रसाद अधिकारी र रामचन्द्र तिवारी हुन्।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले योगले मानिसलाई शारीरिक रूपमा सशक्त बनाउने बताउँदै स्वस्थ समाज निर्माणका लागि योग अपरिहार्य रहेको धारणा व्यक्त गरे।
नेपालगन्ज उपमहानगरपालिका वडा नं २ का अध्यक्ष मनोज श्रेष्ठले नियमित योगाभ्यासले अनुशासित, सकारात्मक र स्वस्थ नागरिक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा वक्ताहरूले आधुनिक जीवनशैली, व्यस्तता र तनावका कारण बढ्दै गइरहेका विभिन्न स्वास्थ्य समस्याबाट बच्न योग प्रभावकारी माध्यम भएको बताए।
कार्यक्रममा पत्रकारितामार्फत योग तथा स्वास्थ्य चेतना फैलाउन योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलाई सम्मान गरिएको थियो ।
समितिकी उपाध्यक्ष लोकमाया सुवेदीका अनुसार हाल योग समिति नेपालका बाँके, बर्दियालगायत विभिन्न जिल्लामा गरी ५८ केन्द्र सञ्चालनमा छन् ।
सम्बन्धित समाचार
कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए
पर्यटकीय गन्तव्य बन्दै च्यामा गाउँ
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार
तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना
विद्यालयमै महिनावारी आराम कक्ष






