काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
अदालतले काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ नगर्न तथा नगराउन सम्बन्धित निकायका नाममा आदेश जारी गरेको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी मुद्दाको क्षेत्राधिकार’bout पनि प्रारम्भिक व्याख्या गरेको छ । गत वैशाख १८ गते लागू गरिएको अध्यादेशअनुसार यस्ता मुद्दा विशेष अदालतमा दर्ता भई सुनुवाइ हुनुपर्ने व्यवस्था रहेको आदेशमा उल्लेख गरिएको छ ।
यसै आधारमा, विशेष अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको देखिएकाले त्यसको कार्यान्वयन तत्काल नगर्न अन्तरिम आदेश जारी गरिएको अदालतले जनाएको छ ।
सम्बन्धित समाचार
जनप्रतिनिधिका आवाज र प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छः नेता आङ्देम्बे
संसदमा नीति तथा कार्यक्रम अर्थमन्त्रीले गरे टेबल
अमृत झाको रिहाइ भएको भन्दै गलत सूचना दिएको परराष्ट्रले माग्यो माफी
न्यायालयमा त्रिपक्षीय द्वन्द्वः बार–बेन्च मिल्दा न्याय प्रशासनको ‘भद्र विद्रोेह’
प्रधानमन्त्रीको ‘ब्याकप’मा विपक्षी पेल्दै सभामुख
वनमन्त्री चौधरीसँग राजदूत पुजोलको भेटवार्ता
हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ : मन्त्री यादव






