धनकुटा । सहिद भीमनारायण गोल्डकपको १८ औं संस्करण अन्तरगत आज (मंगलबार) अपराह्न हुने तेस्रो खेलमा आयोजक भीमनारायण स्मृति प्रतिष्ठान र भारतको जर्जियन फुटबल क्लब उदयपुर भिड्दै छन् । सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आइतबारदेखि प्रतियोगिता जारी छ । धनकुटा बजारको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तरगत सोमबार सम्पन्न दोस्रो खेलमा गाईघाट फुटबल क्लब उदयपुरंलाई ३–१ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ३३ औं मिनेटमा विर्तामोड युनाइटेड क्लबका प्रदिप बुढाथोकीले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।
यस्तै खेलको ६७ औं मिनेटमा आशिष चापागाईंले गोल गर्दै खेल २–० को अवस्था पुर्याए । खेलको ७४ औं मिनेटमा गाईघाट सुनिल खड्काले गोल गर्दै गोलअन्तर २–१ को अवस्था झारेका थिए । खेलको ७५ औं मिनेटमा विर्तामोडमा आशिष चापागाईंले पुन गोल गर्दै खेललाई ३–१ गोलअन्तरमा पुर्याएका थिए । गाईघाटले फुटबल क्लबले गोल गर्ने धेरै अवसर गुमाउँदा पराजित भएको हो । खेलको म्यन अफ द म्याच विजेता टिम विर्तामोडका कप्तान आशिष चापागाईं घोषित भए । उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस अघि सिराहाको सलहेश फुटबल क्लबले राष्ट्रिय जागृति क्लब सुनसरीलाई हराउँदै सेमिफाइनलमा पुगिसकेको छ भने बुधबार बेलबारी फुटबल क्लब मोरङ र सातदोबाटो फुटबल क्लब ललितपुर बीच पहिलो चरणको अन्तिम खेल हुनेछ ।
जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ६ लाख रुपौयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ । २०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ । विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा गोलीहानी हत्या गरिएको थियो । सरकारले श्रेष्ठलाई २०७४ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।
सम्बन्धित समाचार
गछिया गोल्डकपको आय–व्यय सार्वजनिक, दोस्रो संस्करण अझ भव्य बनाइने
कोशी खेलकुद विकास बोर्डको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्न माग
पर्वतारोही अमेरिकी नागरिकको मृत्यु
प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
खोटाङमा जेष्ठ पत्रकारलाई मासिक ३ हजार पेन्सन दिन कोष स्थापना
प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित





