ठूलै माछा फेला परेझैं पक्राउ प्रसाईं साधारण तारिखमा छुटे

वीरगन्ज । ‘पहिले थुन अनि सुन’ भन्ने अमिल्दो शैलीले पक्राउ परेका अधिकाँश अभियुक्त साधारण तारिखमा छुट्ने गरेका छन् । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाद प्रसाई पनि यसै गरी छुट्नेमा परेका हुन् ।

नेपाल प्रहरीले ठूलै माछा फेला पारेझैं गरी जेठ ४ गते वीरगन्जको आदर्शनगर स्थित सिद्धार्थ दियालो होटेलबाट साँझ ८ बजे गिरफ्तार भएको महाअभियानका संयोजक प्रसाईं पनि पर्सा जिल्ला अदालतको आदेशले मंगलबार साधारण तारेखमा छुटेका छन् । पक्राउ परेको भोलीपल्ट ३ दिन र पछि ४ दिनको म्याद लिई पर्सा प्रहरीले ७ दिन अनुसन्धान गरी सोमबार (हिजो) पर्सा जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो ।

प्रसाईले विद्युतीय कारोवार ऐन विपरित र राज्य विरुद्धको कसुर गरेको पर्सा प्रहरीको भनाई छ । तर प्रहरीले ठूलै माछा समाते झैं गरी अभियुक्तलाई सातै दिन हिरासतमा राखी पर्सा जिल्ला अदालतमा हाजिर गराएको मुद्दाको नम्बर ०८२–सी १– ११११ हो । अदालतमा मुद्दा अबेर पेश हुँदा सोमबार हुने भनिएको थुनछेक बहस हेर्दा हेर्दैमा रहेर मंगलबार मात्र सामान्य निश्कर्षमा पुगेको अदालतले जनाएको छ । उक्त नम्बरको मुद्दाको सुनुवाई पर्सा जिल्ला अदालतका मुख्य भई काम गर्ने जिल्ला न्यायधीश गायत्री प्रसाद रेग्मीको इजलासमा परेको जिल्ला अदालत पर्साका श्रेष्तेदार प्रभाकर मल्लिकले जनाए ।

जिल्ला न्यायधीश रेग्मीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम साधारण तारेखमा छाड्न आदेश दिएको पर्सा जिल्ला अदालतका श्रेष्तेदार प्रभाकर मल्लिकले बताए । मुद्दाको सुनुवाई पछि प्रसाईं साधारण तारिखमा छुटेको उनको भनाइ छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ ले थुनामा पठाउने, ६८ ले धरौटी माग गर्ने र दफा ६९ ले साधारण तारिखमा छुट्ने परिभाषा गरे बमोजिम प्रसाईं ६९ अनुसार परेको पर्सा जिल्ला अदालतका मुख्य न्यायधीश रेग्मीले बताए । अभियुक्तलाई साधारण तारिखमा राखी मुद्दाको पूर्पक्ष गर्ने गरी आदेश भएको उनको भनाइ छ ।

अदालतबाट म्याद लिंदा पनि अभियुक्तलाई स–शरीर उपस्थित नगराई प्रविधिको प्रयोग गरी म्याद लिएर प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो । देश बचाउन राजाको शासन चाहिने र वित्तीय सुशासन कायम गर्नुपर्ने ठोस एजेण्डा सहित विभिन्न जिल्लामा अभियान संचालन गर्दै हिडेका प्रसाईं पर्सामा भने आफ्ना केही समर्थकसँग भेटघाट गरी जेठ ५ गते माईस्थान मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम मात्र सार्वजनिक भएको थियो । सो क्रममा आइपुगे लगत्तै उनी प्रहरीको नियन्त्रणमा परेका थिए ।

विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजाल मार्फत विभिन्न किसिमको अभिव्यक्ति दिएको र सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध कसै प्रति घृणा वा द्वेष फैलाउने जातजाती, सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल् पार्ने र नेपाल सरकारको काम कार्वाहीको सम्बन्धमा निराधार अप्रमाणित कुरा गर्दै सरकारको घृणा, द्वेष वा अवहेलना गर्ने गरी विभिन्न अमर्यादित तथा अस्वस्थ्य आलोचना गरेकोले गिरफ्तार गरिएको जेठ ५ गते प्रहरीले उनको पक्राउ ’bout कारण सर्वाजनिक गरेको थियो ।

झापा जिल्ला बिर्तामोढ नगरपालिका वडा नम्बर ५ स्यायी घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ मा बस्दै आएका ५६ वर्षीय प्रसाईंलाई प्रहरीले विद्युतीय कारोवार ऐन उलंघन गरेको र राज्य विरुद्धको कसुर गरेको अभियोग लगाएको छ । यो अभियोगसम्बन्धी मुद्दामा आगामी असार १७ गते साक्षी सहित उपस्थित हुन पनि पर्सा जिल्ला अदालतले आदेश दिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

प्रेस स्वतन्त्रताको पक्षमा डडेल्धुरामा एउटै स्वर