विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको नति तथा कार्यक्रमका विषयमा संशोधन प्रस्ताव समेत हाल्न नदिई नीति तथा कार्यक्रम प्रदेशसभाबाट पास भएको भन्दै प्रतिपक्षका प्रदेशसभा सदस्यहरूले विरोध गरेका छन् ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका विषयमा संशोधन प्रस्ताव हाल्न नदिएको भन्दै प्रदेश सभामा रहेका नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्यहरूले सभामा विरोध गरेका हुन् । कोशी प्रदेश सभाको नवौँ अधिवेशनको सातौँ बैठकमा प्रदेश सभा सदस्यहरूले उठेर विरोध गरेपछि अहिले सभा चल्न सकेको छैन ।
कोशी प्रदेश सरकारले जेठको ६ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा त्यस प्रदेश सभामा निरन्तर छलफल भएको थियो । छलफलपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ १२ गते नति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नहरूका जवाफ दिएका थिए । मुख्यमन्त्रीले जवाफ दिएपछि सभामुख अम्बरबहादुर विष्टले हिजोको बैठकमा निर्माणार्थ प्रस्तुत गरेका थिए ।
सभामुखले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम निर्माणार्थ प्रस्तुत भएपछि ध्वनि मतले कार्यक्रम पास भएको थियो । सभामा ‘हुन्छ’ भन्ने स्वर मात्रै सुनिएपछि सभामुख विष्टले नीति तथा कार्यक्रम पारित भएको बताए ।
सभामुखले पारित भएको घोषणा गरेसँगै तर, कार्यक्रम पारित भएको घोषणा हुनासाथ विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र अर्का नेता राजेन्द्र राईले विरोध जनाए ।
उनीहरूको मुख्य गुनासो थियो– ‘नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्ने समय उपलब्ध गराइयोस् । समय नदिई पारित गरियो । यो संसदीय मर्यादाको खिलाफमा छ । संशोधनको लागि समय उपलब्ध गराइयोस् र विधि पुर्याइयोस् ।’
प्रतिपक्षी दलका नेता इन्द्र आङ्वोसहित उठेर समय माग गरेपछि केही बेर विवाद समेत भएको थियो । सभामुख विष्टले नीति तथा कार्यक्रमका विषयमा संशोधन प्रस्ताव पेस नभएकाले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेको जवाफ दिए ।
विवाद भएपछि सभामुखले हिजोको सभा स्थगित गरेका थिए । विवादका बिच स्थगित भएको सभामा आज ११ बजेको लागि बोलाइएको थियो । सभा सुरु हुन साथ प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले विराध गरेपछि अहिलेसम्म बैठक सुरू हुन सकेको छैन ।
प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले सभामुखले संशोधन प्रस्ताव हाल्न समय नदिएको बताए । उनले भने,‘हामीलाई त समय उपलब्ध होला भन्ने थियो । तर, एक्कासि पारित भएको घोषणा गरियो । त्यसपछि हामीले विरोध गरेका हौँ ।’
आङ्वोले समय उपलब्ध नगराएको भनेर विराध गरे पनि प्रदेशसभा नियमावलीको परिच्छेद ८ मा सरकारको नीति तथा कार्यक्रमको छलफल र पारित गर्ने प्रावधानहरू उल्लेख छ ।
नियम ३७ मा भनिएको छ, ‘नीति तथा कार्यक्रममाथि संशोधन स् प्रदेश प्रमुखको सम्बोधनमा उल्लेखित प्रदेश सरकारको नीति तथा कार्यक्रममा सभामुखले उपयुक्त ठहर्याएमा संशोधन पेस गर्न सकिनेछ ।’
यस्तै नियमावलीको नियम ३८ को उपनियम ३ को उपनियम २ बमोजिम मुख्यमन्त्री वा मन्त्रीले जवाफ दिएपछि छलफल समाप्त हुनेछ र पेश भएका संशोधनहरूमाथि निर्णय भएपछि सभामुखले प्रस्तावलाई निर्माणार्थ बैठकमा प्रस्तुत गर्नेछ भनी उल्लेख छ । सोही नियमलाई टेकेर आफूले नीति तथा कार्यक्रम निर्माणार्थ पेस गरेको र पारित भएको सभामुख अम्बरबहादुर विष्टले सभामा प्रष्टीकरण दिएका छन् ।
आङ्वोले भने नियमावली देखाएर नौ वर्षदेखिको स्थापित मान्यतालाई बेवास्ता गरेर सभामुखले दुई वटा राजनीतिक दलको दस्ताबेज पास गराएको बताए । उनले भने, प्रदेश सभाका १७ जना प्रदेश सभा सदस्यहरूले यो दस्ताबेजको ’boutमा असहमति जनाएका छौ । त्यो जान्दा जान्दै पनि पास निर्माणार्थ पेस गर्न पाइन्छ रु सभामुख विष्टले भने समयमा संशोधन प्रस्ताव पेस नभएकाले यस विषयमा छलफल नभएको बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
संसदमा नीति तथा कार्यक्रम अर्थमन्त्रीले गरे टेबल
प्रधानमन्त्रीले भोलि प्रतिनिधिसभामा जवाफ दिने
पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह
राष्ट्रपति पौडेलले गरे मन्त्रिपरिषद् हेरफेर
दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री
बेलायती मन्त्री मल्होत्रा नेपालमा
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै
रास्वपाले टुंग्यायो महाधिवेशन तयारी कार्यतालिका






