धनकुटा । धनकुटामा जारी १८ औं संस्करणको सहिद भीमनारायण गोल्डकप अन्तरगत बुधबार भएको खेलमा मोरङको बेलबारी फुटबल क्लब विजयी भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको चौथो तथा पहिलो चरणको अन्तिम खेलमा ललितपुरको सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा कुनै गोल नभए पनि खेलको ८० औं मिनेटमा बेलबारीका विदेशी खेलाडी बाबा टुण्डेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बेलबारीलाई निरन्तर दबाबमा राखेको सातदोबाटोले पटक पटक गरेको प्रहार बेलबारीका गोलकिपर अजय परियारले उत्कृष्ट बचाउ गरेका थिए । खेलको म्यान अफ द म्याच विजेता टिम बेलबारीका गोलकर्ता बाबा टुण्डे घोषित भए । उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यसअघि सिराहाको सलहेश फुटबल क्लबले राष्ट्रिय जागृति क्लब सुनसरीलाई हराउँदै र विर्तामोड युनाइटेड क्लब झापाले गाईघाट फुटबल क्लब उदयपुरलाई हराउँदै तथा भारतको जर्जियन फुटबल क्लबलाई हराउँदै आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले सेमिफाइनल यात्रा तय गरिसकेको छन् ।
प्रतियोगिता अन्तरगत बिहीबारदेखि सेमिफाइनलका खेल हुने आयोजकले जनाएको छ । जसमा बिहीबार हुने सेमिफाइनलको पहिलो खेलमा सिराहाको सलहेश फुटबल क्लब र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान तथा शुक्रबार झापाको बिर्तामोड युनाइटेड क्लब र मोरङको बेलबारी फुटबल क्लब बिच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । दुबै सेमिफाइनल खेलका विजेता बीच जेठ १६ गते फाइनल खेल हुने भएको छ । फाइनल खेलका विजेता अथवा प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
२०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ । विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा गोली हानी हत्या गरिएको थियो । सरकारले श्रेष्ठलाई २०७४ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।
सम्बन्धित समाचार
छैटौं रारा ट्रेल रनको उपाधि दलबहादुर र सुनमाया लाई
फुटबल महाकुम्भ ‘फिफा विश्वकप २०२६’ : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
कोशी खेलकुद विकास बोर्डको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्न माग
प्रकाशचन्द्र नेपालले जिते खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि
काभा महिला भलिबल: नेपालकाे सामना गर्दै भारत
भीमनारायण गोल्डकपः आयोजक सेमिफाइनलमा
भीमनारायण गोल्डकप : बेलबारी र सातदोबाटो भिड्दै
चीनलाई १९ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात






