निश्चल बस्नेत लगायतमाथि अनुसन्धान गर्न सिफारिस

काठमाडौं । पछिल्लो समय ‘खरानी ग्याङ’का नेता भनेर सामाजिक सञ्जालमा आरोप खेपेको चलचित्र निर्देशक एवम् अभिनेता निश्चल बस्नेतमाथि अनुसन्धान गरिनु पर्ने मानव अधिकार आयोगले जनाएको छ ।

आयोजकका अध्यक्ष तपबहादुर मगरको अध्यक्षतामा बसेको बैठकले गत २३ र २४ भदौमा मुलुकमा भएको जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन बुधवार सार्वजनिक गरेको छ । सो सार्वजनिक प्रतिवेदनमा जेनजी आन्दोलनको क्रममा विभिन्न व्यक्तिको ’boutमा संलग्नता देखिएको भन्ने’bout अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ । उनीहरुमाथि तत्कालै अनुसन्धान गर्न पनि आयोगले सिफारिस गरेको छ ।

जसमा चलचित्र क्षेत्रबाट निर्देशक निश्चल बस्नेत, साहित्य क्षेत्रबाट पोयट आइडलका आयोजक अमन प्रताप अधिकारी, मोडल तथा गायक सिसन बानियाँ, युट्युवरहरू टंक दाहाल, भाग्य न्यौपाने, चलचित्र ‘सुश्री’की नायिका एवम् राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलगायत विभिन्न व्यक्तिहरूको नाम रहेको छ ।

गत २३ र २४ भदौका जेनजी आन्दोलनमा उनीहरूको संलग्नता, उनीहरूले सामाजिक सञ्जालमा राखेका श्रव्य, दृश्य सामग्री र त्यसले आन्दोलनमा परेको प्रभाव जस्ता पक्षमा अनुसन्धान गर्न मानव अधिकारी आयोगले सरकारलाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो