गोरखा । दुईदिने निःशुल्क मुटुरोग परीक्षण स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।
रोटरी क्लब अफ गोरखाको आयोजनामा प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपालिका सञ्चालित शिविरमा ७६२ जना र सिरानचोक गाउँपालिकामा आयोजित शिविरबाट २५९ जनाले सेवा लिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका विभागीय प्रमुख एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले जानकारी दिए ।
‘सम्भव छ नेपाल, मुटु जोगाउ’ काठमाडौंको समन्वय र त्रिवि शिक्षण अस्पतालले प्राविधिक सहयोग शिविर सञ्चालन गरिएको हो ।
यही जेठ १६ र १७ गते सञ्चालित शिविरमा मुटुरोगसम्बन्धी परामर्श, इसिजी र इको कार्डियो जाँचका साथै आवश्यक औषधिहरु निःशुल्क वितरण गरिएको थियो । मुटु जाँच गराएकामध्ये केहीमा बाथ, मुटुरोग, जन्मजात मुटुरोग तथा मुटुको नसा ‘ब्लक’ हुने जस्ता गम्भीर स्वास्थ्य समस्या रहेको पाइएकाले उनीहरुको थप उपचारका लागि व्यवस्था मिलाउने उनले बताए ।
सम्बन्धित समाचार
नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित
ठाटीकाँध गाउँपालिकामा विद्यालय समायोजन लागू
चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा
नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री
विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
नेपाल संस्कृत विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया सुरु
प्रसूति गृह र सामुदायिक भवन निर्माण
बेथानचोकमा ‘प्राकृतिक स्वास्थ्योपचार’ कार्यक्रम






