कांग्रेस प्रतिष्ठानले गर्‍यो १२ उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक विभिन्न नीतिगत तथा अभियानमुखी कार्यलाई प्रभावकारी बनाउन १२ वटा उपसमिति गठन गरेको छ ।

प्रतिष्ठानको बैठकले उपसमिति गठन गर्दै संयोजक पनि तोकेको छ । बैठकले सबै उपसमितिलाई आगामी बैठकमा प्रारम्भिक कार्यखाका प्रस्तुत गर्न निर्देशन दिएको छ ।

प्रतिष्ठानको आन्तरिक आचारसंहिता निर्माण गरी आगामी बैठकमा प्रस्ताव पेश गर्न उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको समेत बताए ।

कसले पाए जिम्मेवारी ?

१) भुमि व्यवस्था विशेष अभियान उपसमिति, संयोजन-डा. गोपाल दहित
(सुकुम्वासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानलाई साझा दृष्टिको खोजी)

२) विपद व्यवस्थापन उपसमिति, संयोजन-मानबहादुर थापा
(पूर्व तयारी, उद्धार र पुनर्थापना सहजीकरण अभियान)

३) मानसिक स्वास्थ्य : सचेतना अभियान उपसमिति, संयोजन-मोहना अन्सारी

४) सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमिति, संयोजन-ई. दिपेश विष्ट

५) निर्वाचन प्रणाली सुधार : अवधारणा, संवाद र समन्वय उपसमिति, संयोजन-जनक चटौत

६) पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमिति, संयोजन-ई. अमृत ज्ञवाली
(पूँजीगत बजेट खर्च प्रणालीमा सुधार र पुर्वाधार निर्माणको गतिका लागि आवश्यक नीति र योजना तर्जुमामा कांग्रेसको सुझाव)

७) उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमिति, संयोजन-खगेन्द्र आचार्य

८) शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमिति, संयोजन-डा. कृष्णप्रसाद पौडेल

९) वीपी ज्ञान केन्द्र उपसमिति, संयोजन-प्रकाश लामिछाने
(आगलागीमा जलेको केन्द्रीय पुस्तकालय पुनर्व्यवस्थापन गरेर वीपी विचार स्कूलका रूपमा विकास गर्ने)

१०) जातीय विभेद विरुद्ध सचेतना अभियान उपसमिति, संयोजन-एलिजा ढकाल

११) डिजिटल सचेतना तथा तथ्य जाँच उपसमिति, संयोजन-प्रकृति भट्टराई

१२) Green Table उपसमिति, संयोजन-कञ्चन झा

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

स्थानीयद्वारा मौलापुर नगरपालिका घेराउ