विदेशबाट आउने र जाने यात्रुलाई भन्सारमा नयाँ सुविधा

काठमाडौं । नेपाल सरकारले विदेशबाट फर्किने नेपाली यात्रु तथा नेपाल आउने विदेशी पर्यटकले आºनो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुका सम्बन्धमा नयाँ भन्सार सुविधाको घोषणा गरेको छ । भन्सार ऐन, २०८२ बमोजिम जारी गरिएको यो नयाँ व्यवस्था अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा बजेट पेस गरेसँगै लागू भएको छ ।

नयाँ व्यवस्थाअनुसार यात्रुले आºनो साथमा एक थान ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, एक थान घडी, एक थान क्यामरा र एक थान मोबाइल फोन ल्याउँदा भन्सार तिर्नु पर्ने छैन । विशेषगरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले थप एक थान नयाँ मोबाइल फोनसमेत महसुल नतिरी ल्याउन पाउने विशेष व्यवस्था गरिएको छ ।

यसैगरी श्रम स्वीकृति लिएर कम्तीमा १२ महिना विदेशमा काम गरी फर्केका यात्रुले ३२ इन्चसम्मको टेलिभिजन एक थान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुने व्यवस्था यथावत राखिएको छ । यसबाहेक अन्य यात्रुले निश्चित महसुल तिरेर टेलिभिजन, म्युजिक सिस्टम, फ्रिज, वासिङ मेसिन र पंखा जस्ता वस्तुहरू एक–एक थानसम्म ल्याउन सक्ने भन्सार विभागले जनाएको छ ।

यात्रुले आºनो साथमा १ लिटरसम्मको मदिराको बोतल एक थान र ७ किलोग्रामसम्म खाद्य परिकार (सुख्खा खानेकुरा) महसुल विना ल्याउन पाउनेछन् ।

त्यस्तै, सुन तथा सुनका गहना र चाँदीका गहनाका हकमा भन्सार महसुल ऐनले तोकेको परिमाणसम्म ल्याउन पाइनेछ । नेपाल प्रवेश गर्ने यात्रुले ५ हजार अमेरिकी डलर वा सोबराबरको विदेशी मुद्रा साथमा ल्याएमा भन्सार विन्दुमा घोषणा गर्नुपर्ने प्रावधान राखिएको छ । घोषणा नगरी लुकाएर ल्याएको पाइएमा त्यस्ता वस्तु जफत गरी कानुनी कारबाही गरिनेसमेत भन्सार विभागले स्पष्ट पारेको छ ।

यसैगरी, नेपाली यात्रु विदेश जाँदा ५० हजार रुपैयाँ मूल्यसम्मका सौगात (कोसेली) स्वरूपका वस्तुमा भन्सार महसुल नलाग्ने पनि विभागले जनाएको छ ।

नयाँ व्यवस्थाले विदेशमा श्रम गरेर फर्किने नेपालीलाई थप राहत पुग्ने र भन्सार प्रक्रियालाई अझ सहज बनाउने सरकारको दावी रहेको छ ।

विभागका अनुसार विदेशबाट फर्कने नेपाली यात्रु वा नेपाल आउने विदेशी यात्रुले आºनो साथमा अब ५० ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार तिर्नुपर्दैन भने त्यसभन्दा माथि सय ग्रामसम्म ल्याए भन्सार तिर्नुपर्ने व्यवस्था रहेको छ ।

हाल विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । त्यसका लागि कर तिर्नुपर्छ । ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५ हजार २ सय र ५० ग्रामको २६ हजार रुपैयाँ भन्सार लाग्छ ।

५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६ हजार २ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्छ ।

१०० ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ ।

यदि तोकिएको परिमाणभन्दा बढी सुनका गहना ल्याइएको छ भने यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधिलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरेर प्रचलित कानुनबमोजिमको महसुल लिएर जाँचपास गर्न सक्नेछन् ।

यसैगरी विदेशमा औषधि उपचार गराई फर्केका बिरामीले आºनो साथमा ल्याउने औषधिमा भन्सार महसुल पूर्ण छुट हुने व्यवस्था गरिएको छ ।

विदेशी यात्रुको हकमा नेपाल आउने विदेशी यात्रुले भने १० हजार रुपैयाँ मूल्यसम्मको औषधि साथमा ल्याउन पाउने सुविधा छ ।

भन्सार विभागका अनुसार कार्यान्वयनका क्रममा कागजात वा अन्य कुनै विषयमा दुबिधा भएमा भन्सार विभागका महानिर्देशकले आवश्यक निर्णय गर्न सक्ने व्यवस्था रहेको छ ।

विदेशमा ६ महिनाभन्दा बढी तर एक वर्षसम्म बसेर फर्केका नेपाली यात्रुले आºनो साथमा ल्याएको वा आफू आउनुअघि वा पछि पठाएको १५ हजार रुपैयाँसम्मको सामानमा भन्सार महसुल पूर्णरूपमा छुट पाउनेछन् ।

विदेशमा एक वर्षभन्दा बढी समय बसेर फर्केका नेपाली यात्रुको हकमा यो छुटको सीमा २५ हजार रुपैयाँसम्म तोकिएको छ ।

यसैगरी टेलिभिजन, फ्रिज, वासिङ मेसिन, लुगाफाटा, जुत्ता, घरायसी विद्युतीय उपकरण आदिमा पनि छुट पाउनेछन् ।

१६ वर्षभन्दा कम उमेरका यात्रुले भने छुट सीमाको ५० प्रतिशत मात्र सुविधा भन्सार विभागले जनाएको छ ।

सीमा क्षेत्रका बासिन्दा तथा स्थल मार्ग प्रयोग गर्ने यात्रुका लागि पनि सरकारले महत्वपूर्ण संशोधन गरेको छ । यसअघि सीमा नाकाबाट आवतजावत गर्दा साथमा ल्याउन पाइने वस्तुको मूल्य सीमा निकै कम रहेको भन्दै व्यापक आलोचना हुँदै आएको थियो ।

नयाँ व्यवस्थाअनुसार निजी प्रयोगका लागि ल्याइने सामानको आर्थिक सीमा वृद्धि गरिएको छ । यसले विशेषगरी भारतसँग खुला सीमा रहेका क्षेत्रका स्थानीय बासिन्दालाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै