काठमाडौं । आगामी अन्तर्राष्ट्रिय संगीत दिवसको अवसर पारेर त्यसको पूर्व सन्ध्यामा काठमाडौंमा ‘अन्तर्राष्ट्रिय संगीत महोत्सव’ आयोजना हुने भएको छ । यो महोत्सव आगामी ३० जेठबाट काठमाडौं सुरु हुने र चार दिनसम्म चल्ने आयोजक संस्था ललितकला क्याम्पस भोटाहिटीले जनाएको छ । सो क्याम्पस र बत्तिसपुतलीको राम मन्दिरले यो महोत्सव संयुक्त रूपमा आयोजना गर्न लागेको हो ।
यो महोत्सवमा आयोजक नेपालसहित भारत, चीन, अमेरिका, बंगलादेश र श्रीलंकाका संगीतकर्मीहरू सहभागी हुने छन् । महोत्सवमा पूर्वीय र पाश्चात्य संगीतको ’boutमा बहस हुनेछ । विदेशबाट आउनी संगीतकर्मीहरुले महोत्सवमा गीत संगीत सँगै वाद्यवादन पनि प्रस्तुत गर्ने आयोजक पक्षले जनाएको छ ।
काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा महोत्सव’bout जानकारी दिँदै महोत्सव संयोजक तथा ललितकला क्याम्पसको संगीत विभाग प्रमुख कृष्ण खरेलले भने, ‘यो महोत्सव कलेज र मन्दिरको संयुक्त आयोजनामा गर्न लागिएको छ । यसले नेपाली संगीत र संगीतकर्मीलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ अवसर र पहिचान दिलाउने विश्वास हामीले लिएका छौँ ।’
महोत्सवको मुख्य उद्देश्य क्षेत्रीय सांगीतिक परम्परा, परम्परागत वाद्यवादन तथा विश्वव्यापी संगीत प्रवृत्ति’bout अन्तर्राष्ट्रिय स्तरमा छलफल र आदानप्रदानको साझा मञ्च निर्माण गर्नु भएको पनि प्रमुख कृष्ण खरेलले जानकारी गराए ।
यो महोत्सव ललितकला क्याम्पस र राम मन्दिर दुवै स्थानमा आयोजना गरिने भएको छ । दुवै संस्था आयोजक भएकाले दुवै ठाउँमा विभिन्न कार्यक्रम समानान्तर रूपमा आयोजना गर्न लागिएको पनि आयोजक कृष्ण खरेलले जानकारी गराए ।
महोत्सवमा दिउँसोका सत्रमा शोधपत्र प्रस्तुति, संगीतशास्त्रसम्बन्धी कार्यशाला तथा अन्तरविषयगत सहकार्यमा केन्द्रित समूह छलफलको आयोजना गरिने छ । कृष्णका अनुसार महोत्सवमा सेमिनार तथा छलफल कार्यक्रम ललितकला क्याम्पसमै आयोजना गरिन भएको छ । महोत्सवमा सहभागीहरूको सांगीतिक प्रस्तुति भने बत्तीसपुतलीस्थित राम मन्दिरमा नै हुने पनि आयोजक पक्षले जनाएको छ ।
महोत्सवमा बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) र प्रतिलिपि अधिकारका विषय, पर्यटन प्रवद्र्धनमा संगीतको भूमिका, संगीत शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) का अवसर र चुनौती, समकालीन सांगीतिक मुद्दामाथि अनुसन्धानात्मक अन्तरक्रिया एवम् समुहगत छलफल हुने भएको छ ।
महोत्सवमा हरेक दिन साँझका सत्रमा भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । महोत्सवमा रमेश पोखरेल, झोउ जियान, चन्दन विश्वकर्मा, ध्रुवेशचन्द्र रेग्मी, नागेन्द्रविक्रम राई, लबोनी चक्रवर्ती, सीता थापा, यति राज अधिकारी र अग्रज भट्टराई लगायतका कलाकार तथा संगीतकर्मीले आफ्नो प्रस्तुुति दिनेछन् ।
सम्बन्धित समाचार
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
हिमालयन लिटरेचर फेस्टिभल २०२६ काठमाडौंमा हुने
एआईको चपेटामा पुराना गीत, मारमा वास्तविक स्रष्टा
मिलेन परेश रावलको ‘हेरा फेरी ३’ विवाद
‘सोह्र वर्षे जोवन…’मा यसराज र बिना
निश्चल बस्नेत लगायतमाथि अनुसन्धान गर्न सिफारिस
‘चलचित्र विधेयक २०८२’माथि प्रतिनिधि सभामा छलफल सुरु
नायकको हात भाँच्चिएपछि ‘सिन्दुरे जात्रा’ रोकियो






